गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन

सारांश

  • काठमाडौँ, ६ वैशाख, सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार कक्षा ८ का तीन विषयमा विद्यार्थीको उलपब्धि पाँच वर्षअघि गरिएको सोही प्रकारको परीक्षणको तुलनामा स्थिर देखिएको छ ।
  • उस्तै साझा प्रश्नका आधारमा अध्ययन गरिएकामध्ये राष्ट्रिय औसत सबै विषयको ५०० निर्धारण गरी तुलना गरिएको सो नजितामा नेपाली विषयमा सामान्य सुधार देखिए पनि गणित र विज्ञानमा सिकाइस्तरमा ¥हास आएको छ ।

काठमाडौँ, ६ वैशाख, सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार कक्षा ८ का तीन विषयमा विद्यार्थीको उलपब्धि पाँच वर्षअघि गरिएको सोही प्रकारको परीक्षणको तुलनामा स्थिर देखिएको छ । उस्तै साझा प्रश्नका आधारमा अध्ययन गरिएकामध्ये राष्ट्रिय औसत सबै विषयको ५०० निर्धारण गरी तुलना गरिएको सो नजितामा नेपाली विषयमा सामान्य सुधार देखिए पनि गणित र विज्ञानमा सिकाइस्तरमा ¥हास आएको छ ।

केन्द्रले सन् २०१३ मा गरेको परीक्षणमा नेपाली विषयमा ४९५ औसत सिकाइ उपलब्धि रहेकामा यो पटक ५०४ देखिएको छ । गणितमा अघिल्लो परीक्षणमा ५०८ रहेकामा हाल घटेर ४९२ र विज्ञानमा ५०२ बाट केही घटेर ४९९ औसत सिकाइ उपलब्धि देखिएको केन्द्रका प्रमुख डा लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

सरकारले दातृ निकायसमेतको सहयोगमा सञ्चालन गरेको विद्यालय क्षेत्र विकास कार्यक्रमको मुख्य लक्ष्य विद्यालय शिक्षाको गुणस्तर सुधार्ने रहेको सन्दर्भमा केन्द्रको प्रतिवेदनले शिक्षामा गरिएको लगानी अनुसारको प्रतिफल नआएको पुनः पुष्टि गरेको छ । केन्द्रले शैक्षिक सत्र २०६८ देखि नियमितरुपमा यस्तो परीक्षण गर्दैआएको छ ।

आज सार्वजनिक प्रतिवेदनमा तह १ देखि ६ सम्म निर्धारण गरिएको छ । अध्ययनमा सबैभन्दा कमजोर र सबैभन्दा उत्कृष्ट विद्यार्थीको प्रतिशत कम तर सरदर जान्ने विद्यार्थीको प्रतिशत बढी देखिएको छ । तह ६ आउनेलाई सबैभन्दा उत्कृट मानिएको सो अध्ययनमा नेपाली विषयमा तह १ मा शून्य दशमलब पाँच, तह ४ मा ५६ दशमलब चार र तह ६ मा शून्य दशमलब दुई प्रतिशत विद्यार्थी देखिएका छन् । गणितमा तह ४ मा ३८ दशमलब आठ र विज्ञानमा तह ४ मा ३८ दशमलब नौ प्रतिशत विद्यार्थी छन् ।

नमूना छनोटका आधारमा सातै प्रदेशका २६ जिल्लाका एक हजार ९५० विद्यालयका ४६ हजार २६६ विद्यार्थीमा गरिएको परीक्षणमा उक्त तीन विषयमा छात्रभन्दा छात्राको सिकाइस्तर केही माथि देखिएको छ भने सामुदायिक विद्यार्थीको तुलनामा निजी विद्यालयका विद्यार्थीको स्तर माथि देखाइएको छ ।

प्रतिवेदनअनुसार नेपालीमा प्रदेश नं २, गणितमा प्रदेश नं ६ र विज्ञानमा प्रदेश नं १ का विद्यार्थीको उपलब्धि सबैभन्दा कमजोर पाइएको छ । प्रमुख डा पौडेलले शिक्षकले कक्षा कोठामा पर्याप्त समय नदिँदा पनि उपलब्धि कमजोर देखिएको बताउनुभयो ।

मन्त्रालयका सचिव खगराज बरालले सरकारले सुधारका लागि लगानी गर्दा गर्दै किन सिकाइ उपलब्धि माथि आउन नसकेको हो भन्ने बारेमा थप अध्ययन गर्न प्रतिवेदनले प्रेरित गरेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
सागले भ्रमण वर्षलाई सहयोग पु-याउने विश्वास
सागले भ्रमण वर्षलाई सहयोग पु-याउने विश्वास
वाम एकता र ध्रुवीकरणले लोकतन्त्रमाथि नै प्रहार ः नेपाली काँग्रेस
वाम एकता र ध्रुवीकरणले लोकतन्त्रमाथि नै प्रहार ः नेपाली काँग्रेस
भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्रीः ‘मान्यज्युहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’
भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्रीः ‘मान्यज्युहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’
आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार साट्न पाइने
आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार साट्न पाइने
अक्सफोर्ड कलेजले पायो अन्तर्राष्ट्रिय पेरिस स्टार क्वालिटी अवार्ड
अक्सफोर्ड कलेजले पायो अन्तर्राष्ट्रिय पेरिस स्टार क्वालिटी अवार्ड
माछापालन व्यवसायबाट मनग्य आम्दानी लिँदै कृषक
माछापालन व्यवसायबाट मनग्य आम्दानी लिँदै कृषक
जिउँदै रहेको टिके ‘डाँका’लाई एसएसपी लोहनीले मर्यो भनेपछि..
जिउँदै रहेको टिके ‘डाँका’लाई एसएसपी लोहनीले मर्यो भनेपछि..
३० रुपैयाँमा आफैले बेचेको काउलोको पातको धुलो २ हजारमा किन्नुपर्ने! कौडीको भाउमा बहुमुल्य जडीबुटी
३० रुपैयाँमा आफैले बेचेको काउलोको पातको धुलो २ हजारमा किन्नुपर्ने! कौडीको भाउमा बहुमुल्य जडीबुटी
महेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप !
महेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप !

तपाईंले छुटाउनुभयो कि?