गणेश लामाथि अनुसन्धान गर्न अझै १० दिन म्याद थप

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
गणेश लामाथि अनुसन्धान गर्न अझै १० दिन म्याद थप

सारांश

  • काठमाडौं, १२ चैत ।
  • काठमाडौंको गौशालाबाट पक्राउ परेका गुण्डानाइके मानिएका गणेश लामामाथि अनुसन्धान गर्न प्रहरीले पुनः १० दिन म्याद थपेको छ ।
  • गौशालाको पशुपति भिजन होटल अगाडि फागुन ३० गते राति हतियार पड्केको आवाज सुनेपछि पछ्याउँदै गएको प्रहरीले लामालाई पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।

काठमाडौं, १२ चैत । काठमाडौंको गौशालाबाट पक्राउ परेका गुण्डानाइके मानिएका गणेश लामामाथि अनुसन्धान गर्न प्रहरीले पुनः १० दिन म्याद थपेको छ ।

गौशालाको पशुपति भिजन होटल अगाडि फागुन ३० गते राति हतियार पड्केको आवाज सुनेपछि पछ्याउँदै गएको प्रहरीले लामालाई पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । लामामाथि अनुसन्धान गर्न सुरुमा जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले सोमबार पुनः १० दिन म्याद थपेको काठमाडौ प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन् । लामामाथिको अनुसन्धान पूरा नभएकाले पुनः म्याद थप्नु परेको हो ।

पहिलोपटक १० दिन म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले लामाको बयान लिने तथा हतियार टेस्टका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी रहेको र प्रत्यक्षदर्शीको भनाई लिने काम पनि बाँकी रहेकाले थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

बयानमा लामाले हतियार आफ्नो नभएको दावी गरेका छन् । उनले हतियार आफ्नो नभएको बताए पनि हतियारमा प्रयोग भएको गोलीको खोका र गोली एउटै भए नभएको पत्ता लगाउन प्रहरीले हतियार टेस्टका लागि प्रयोगशालमा पठाएको हो । हतियार टेस्टपछि त्यहाँ अन्य हतियार प्रयोग भए नभएको पनि पत्ता लाग्ने डिएसपी थापाले बताए । लामामाथि लागेको आरोप पुष्टि भएमा ६ महिनादेखि एक वर्षसम्म जेल सजाय र ६० हजार देखि १ लाखसम्म जरिमाना वा दुवै सजाय हुने छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bomjan Bomjan

    Very good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?