गाँजा र अफिम फडानीमा सक्रीय हुँदै प्रहरी
सारांश
- हेटौडा ।
- जिल्ला प्रहरी मकवानपुरले जिल्लाको बिकट क्षेत्रमा हुने गाँजा र अफिम फडानीमा सक्रियता बढाएको छ।
- गाँजा र अफिम फडानीका लागि प्रहरी कार्यालयबाट थप शक्ति परिचालन गरिएको छ।
हेटौडा । जिल्ला प्रहरी मकवानपुरले जिल्लाको बिकट क्षेत्रमा हुने गाँजा र अफिम फडानीमा सक्रियता बढाएको छ। गाँजा र अफिम फडानीका लागि प्रहरी कार्यालयबाट थप शक्ति परिचालन गरिएको छ।
राक्सिरांग गाउपालिका वडा न ५,६ ७ र ८ तथा हेटौडा उपमहानगर पालिका – १९ का दुर्गम भूभाग हरुमा लगाइएको छुट तथा नयाँँ स्थानहरुमा गाँजा र अफिम फडानीको लागि थप प्रहरी जनशक्ति परिचालन गरेको छ। जस अन्तर्गत जम्मा ४४ जनाको ३ वटा टोली ४ दिन फडानी कार्यसहित कुल १७६ जना प्रहरी जनशक्ति यस अवधिभर परिचालन हुनेछ प्रहरीले जनाएको छ ।
उक्त टोलीहरुले सोमबारै अपरान्ह उक्त स्थानहरुमा पुगी गाँजा तथा अफिम फडानी कार्य सुरु गरिसकेको छ ।
गाँजा र अफिम खेतिबिरुद्द्ध संचालन गरिएको कार्ययोजना अनुरुप थप अनुगमन पश्चात विषम परिस्थिति ,खाने बस्ने उचित बन्दोबस्त नहुनु ,प्रतिकुल भौगोलिक अवस्थाका बाबजुद गाँजा र अफिम खेति फडानी कार्य अत्यन्त चुनौतिपूर्ण भएता पनि कसैको पनि खेति छुट्न नपाओस भनि फडानी कार्यलाई निरन्तरता दिइएको बताइएको छ।
सधै झैँ स्थानीय जनप्रतिनिधि र स्थानियाहरुको सकारात्मक सहयोगको अपेक्षाको साथ गैर कानुनी कार्यको नियन्त्रणको लागि छोटो दुरीमा सवारी साधन र बाँकि भूभागहरुमा पैदल मार्गबाट भएपनि फडानी कार्यलाई निरन्तरता दिने लक्ष्य राखिएको बताइएको छ।
अहिलेसम्म मकवानपुर प्रहरीले यस आर्थिक वर्ष मा हालसम्म ११५५ जना प्रहरी परिचालन गरी कुल २८९ बिगाह १०कट्ठा १० धुर गाजा र ३१ बिगाह ७ कट्ठामा लगाइएको अफिम नस्ट गरि उक्त स्थानहरुमा फडानी कार्यमै खटिएका प्रहरीबाट लागु औषधको दुर्व्यसन,खेति ,कारोवार बिरुद्द जनचेतनामुलक कार्यक्रम गराउदै आएको प्रबक्ता प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराईले बताए।
प्रतिक्रिया