गाैरमा सामाजिक सुरक्षा भत्तामा ५ करोड भ्रष्टाचार

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • ४ असार, रौतहट ।
  • नेपाल सरकारले जेष्ठ नागरिक, दलित, महिला तथा अपाँगलाई समाजिक सुरक्षा वापत दिदै आएको रकम गौर नगरपालिकाको कर्मचारीहरुको मिलोमतोमा व्यापक दुरुपयोग भएको रहस्य खुलेको छ ।
  • ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिक, ६० वर्ष पुगेका दलित, एकल महिला एवं अपाङगता भएकाहरुलाई सम्बन्धित कार्यालयका कर्मचारीले सक्कल नागरिकता हेरी सोही अनुसार व्यहोरा प्रमाणित गरेर कार्ड बनाइदिने कानुनी व्यवस्था रहेको छ ।

४ असार, रौतहट । नेपाल सरकारले जेष्ठ नागरिक, दलित, महिला तथा अपाँगलाई समाजिक सुरक्षा वापत दिदै आएको रकम गौर नगरपालिकाको कर्मचारीहरुको मिलोमतोमा व्यापक दुरुपयोग भएको रहस्य खुलेको छ ।

७० बर्ष उमेर पुगेका जेष्ठ नागरिक, ६० वर्ष पुगेका दलित, एकल महिला एवं अपाङगता भएकाहरुलाई सम्बन्धित कार्यालयका कर्मचारीले सक्कल नागरिकता हेरी सोही अनुसार व्यहोरा प्रमाणित गरेर कार्ड बनाइदिने कानुनी व्यवस्था रहेको छ ।

तर, गौर नगरपालिकाको सामुदायिक विकास शाखा र त्यसका लागि तोकिएका कर्मचारीहरुले आर्थिक प्रलोभनमा परी उमेर नै नपुगेका झण्डै ५ सय भन्दा बढी महिला एवं पुरुषलाई बृद्धभत्ताको कार्डबनाई प्रमाणित गरी वितरण गरेको रहस्य खुलेको छ ।

यसरी भत्ता लिने उमेर नै नपुगकाहरुले विगत तीन आर्थिक वर्षदेखि करोडौं रकम बुझिसकेका छन् ।

आर्थिक वर्ष २०७०/०७१, ०७१/०७२ र ०७२/०७३ सालको समाजिक सुरक्षा भत्ता वापतको रकम निर्वाध रुपमा बुझ्दै आएको पाइएको छ ।

अख्यिार दुरुपयोग अनुसन्धान आयोगको हेटौडास्थित क्षेत्रीय कार्यालयमा उजुरी परेपछि सोको वास्तविकता पत्ता लगाई सम्बन्धित कागजातसहित जानकारी गराउन अख्तियारले पत्र पठाएको छ ।

अहिले अख्तियारको कार्यालयद्वारा छानविन हुँदा करिव ५ सयको हाराहारीमा किर्ते हस्ताक्षर र उमेर नै पुगेकाहरुको कार्ड वितरण भएको प्रमाण फेला परेको छ ।

कर्मचारीले नै गरे अधिकृतको नक्क्ली हस्तारक्षर

ज्येष्ठ नागरिक, बृद्ध तथा एकल महिलाहरुको भत्ता कार्ड जारी गर्ने जिम्मेवारी पाएका सामुदायिक विकास शाखाकाका कर्मचारी विनोद पासवानले उमेर नै नपुगेका व्यक्तिहरुको उमेर पुगेको भन्दै नक्कली कागजातहरु बनाएर शाखाका फोकल पर्सन एवं त्यस कार्यालयका सूचना अधिकृत सरोजलाल दाससँग प्रमाणित गराएको पाइएको छ ।

यसरी जारी गरिएको कतिपय कार्डमा फोकल पर्सन दासको हस्ताक्षर समेत किर्ते गरेको फेला परेको छ ।

कतिपयमा फोकल पर्सनले झुक्किएर हस्ताक्षर गरेको छ भने कतिपयमा उनको किर्ते हस्ताक्षर गरी कार्ड वितरण भएको सो कार्यालयबाट बुझिएको छ ।

यस कार्यमा फोकल पर्सन सरोजलाल दासको समेत सँलग्नता हुन सक्ने श्रोत बताउछ । तर, दासले भने आफूलाई झुक्याएर अन्य कागजातहरुसँग मिसाएर हस्ताक्षर गराएको र अधिकांश कार्डमा किर्ते हस्ताक्षर भएको बताएका छन ।

भत्ता पाउनु पर्ने उमेर भएकाहरु दैनिक रुपमा धाउदा पनि कार्ड नबाइदिने कर्मचारी पासवानले प्रतिव्यक्ति रकम उठाएर नक्कली कागजातको आधारमा उमेरै नपुगेकाहरुको कार्ड बनाएको र कार्यालयका कर्मचारी नातागोताका मान्छेहरु लाई पनि सो सुविधा उपलब्ध उपलब्ध गराएर राज्यबाट पाएको सेवा सुविधाको दुरुपयोग गरेको पाइएको छ ।

नक्कली कागजातको आधारमा समाजिक सुरक्षाको रकम दुरुपयोग भएकोमा अख्तियारबाट पुन : जेठ २९ र असार ३ गते गौर नगरपालिकालाई पत्र पठाएर अविलम्ब उक्त कार्यको जानकारी माग गर्दा समेत अहिलेसम्म संलग्न व्यक्तिहरुलाई जोगाउन त्यस कार्यालयबाट पत्रको जवाफ नदिएको नगरपालिका श्रोतले बतायो ।

आवश्यक कागजातहरु संकलन गरी पेश गर्ने कर्मचारी पासवान गत शुक्रवारदेखि नै कार्यालयमा अनुपस्थित रहेका छन । घटनाको छानबिन शुरु भएदेखि नै उनी कार्यालय आएका छैनन ।

घटनाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले सरकारबाट निश्चित उमेर पुगेका महिला तथा पुरुषहरुलाई प्रोत्साहन स्वरुप समाजिक सुरक्षा वापतको रकम उपलब्ध गराउदै आएकोमा केही कर्मचारीको मिलोमतोमा निश्चित उमेर नपुगेकालाई प्रमाणित गरी कार्ड राज्यकोषको दुरुपयोग भएको बताए ।

यस्ता कार्यमा संलग्न रहेका कर्मचारीलाई आवश्यक अनुसन्धान गरी भ्रष्टाचार ऐन अन्तर्गत कारवाही तथा निश्चित उमेर नपुगेर रकम लिएकाहरुलाई पहिचान गरी उक्त रकम फिर्ता गराउन तर्फ सम्बन्धित कार्यालयलाई निर्देशन दिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
एमालेका सांसद लक्ष्मी महतो कोइरी पद मुक्त
एमालेका सांसद लक्ष्मी महतो कोइरी पद मुक्त
जेलबाट छुटेको केही महिनामै यसरी बुनियो वसन्त पौडेलको हत्या योजना !
जेलबाट छुटेको केही महिनामै यसरी बुनियो वसन्त पौडेलको हत्या योजना !
टान निर्वाचन : लम्साल समूहद्वारा आज १२ः ३० बजे पत्रकार सम्मेलनको आयोजना
टान निर्वाचन : लम्साल समूहद्वारा आज १२ः ३० बजे पत्रकार सम्मेलनको आयोजना
अर्थमन्त्री खतिवडालाई ओली आफैले यसकारण छाने…
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।
राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
२० गते आउँदैछ सरकारको नीति तथा कार्यक्रम
२० गते आउँदैछ सरकारको नीति तथा कार्यक्रम
निर्मला हत्या प्रकरण : बम दिदीबहिनी र मुख्य अभियुक्त दिलिप विष्ट रिहा !