गुण्डा नाइके गणेश लामाले पेस्तोल झिक्दै थिए…
सारांश
- काठमाडौं, १ चैत- गुन्डानाइके गणेश लामा हतियारसहित पक्राउ परेका छन् ।
- प्रहरीले उनीसँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ ।
- लामाको बा.
काठमाडौं, १ चैत- गुन्डानाइके गणेश लामा हतियारसहित पक्राउ परेका छन् । प्रहरीले उनीसँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । लामाको बा.३च १७२ नम्बरको प्राडो गाडी पनि नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार गौशालाको पिंगलास्थानमा बुधबार राति करिब साढे ९ बजे अज्ञात समूहले आफूलाई लक्षित गरेर गोली प्रहार गरेपछि प्रतिकारमा लामाले पनि गोली चलाउने तयारी गर्दै थिए । त्यहीवेला उनी पक्राउ परे । लामालाई गोली प्रहार गर्ने समूहलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । अन्नपूर्ण नयाँ पत्रिका दैनिकमा खबर छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले लामालाई गोली प्रहार गर्ने तयारीमा रहेको अवस्थामा पक्राउ गरिएको बताए । ‘लामा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । उनले कसैलाई गोली प्रहार गर्न खोज्दै थिए । सोही क्रममा उनी पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । थप जानकारी भोलि मात्रै आउनेछ,’ उनले भने ।
लामालाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पिंगलास्थानमा बुधबार स्थानीय जात्रा लाग्दै थियो । सर्वसाधारणको भिड बाक्लै थियो । एक्कासि गोली चलेको आवाज आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यहाँ लामाले कसैलाई लखेटिरहेका थिए । त्यही क्रममा उनी पक्राउ परेका हुन् । शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट पेस्तोल बरामद भयो । प्रहरीका अनुसार बरामद पेस्तोलमा एक थान गोली चेम्बरमा लोड गरिएको छ भने बाँकी म्यागजिनभित्रै भेटिएका छन् ।
बयानका क्रममा लामाले आफूलाई अज्ञात समूहले गोली हानेको बताएका छन् । ‘लामा गाडीभित्रै थिए । एक्कासि गोली प्रहार भयो । लामा गाडीबाट उत्रिए । आफूसँग रहेको पेस्तोल झिक्दै गोली प्रहार गर्ने व्यक्तिलाई लखेट्न उत्रिए । तर, गोली प्रहार भने गर्न भने भ्याएनन् । यही क्रममा हाम्रो टोली पुग्यो । उनी पक्राउ परे,’ लामाको बयानमा संलग्न एक प्रहरी अधिकारीले भने । लामा कांग्रेसको तर्फबाट काभ्रेबाट प्रदेश सभाको उम्मेदवार थिए । तर, पराजित भएका थिए ।
Om Sagar Shrestha
Aba Encounter esko garna parcha…
Subas Rai
Yesko panI din aayex
Dipendra Keshari Basnet
Incounter garnu parna asta dharti ka boj lai…
Hsejar Francu Gnamat
Yo bayan fake ho patrakaar satya lekhna chhadisake ganesh lama euta gunda ko naam ma charchit byakti ho tara u yeti lata pani haina yo chai pakkai suniyojit planning sahit banayeko jaal ma fasako ho news nyaya palika sabai system ma narahe desh le ramro gati lela