गृहमन्त्री शर्माले देखाए यस्तो अनौठो ,‘क्रियाकलाप’सबै परे छक्क…………
सारांश
- गृहमन्त्री जनार्दन शर्माले सिंहदबारमा फेरि बुधबार अर्को अनौठो ‘क्रियाकलाप’ देखाएका छन् ।
- मुलुकलाई दीघकालीन सहयोग मिल्ने तथा गाउँका जनताले राहत पाउने गरेर शान्तिसुरक्षामा काम गर्नुको साटो सिंहदरबारभित्र पैदल हिँडेर हल्काफुल्का चर्चा कमाउने उपाय अपनाएका छन् ।
- संसद भवन नयाँबानेश्वरबाट सिंहदरबारस्थित गृह मन्त्रालय आउने क्रममा बाटोमा जाममा परेपछि गृहमन्त्री शर्मा गाडीबाट ओर्लिएर पैदल हिँडेका थिए ।
गृहमन्त्री जनार्दन शर्माले सिंहदबारमा फेरि बुधबार अर्को अनौठो ‘क्रियाकलाप’ देखाएका छन् ।
मुलुकलाई दीघकालीन सहयोग मिल्ने तथा गाउँका जनताले राहत पाउने गरेर शान्तिसुरक्षामा काम गर्नुको साटो सिंहदरबारभित्र पैदल हिँडेर हल्काफुल्का चर्चा कमाउने उपाय अपनाएका छन् ।
संसद भवन नयाँबानेश्वरबाट सिंहदरबारस्थित गृह मन्त्रालय आउने क्रममा बाटोमा जाममा परेपछि गृहमन्त्री शर्मा गाडीबाट ओर्लिएर पैदल हिँडेका थिए ।
मुलुकमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएका गृहमन्त्री शर्मा गाडीबाट ओर्लिएर मन्त्रालय जानु अनौठोकत्तिसम्म जायज छ त्योसको लेखाजोखा होला ।
तर, उनले राजधानीको ट्राफिक जामको समस्या हटाउन पहल गर्नुको साटो मिडियामा चर्चा कमाउन गाडीबाट ओर्लिएर मिडियाबाजी गरेको भने लाग्न थालेको छ ।
पैदल हिँडेर गृहमन्त्रालयतर्फ जाँदै गरेका गृहमन्त्री शर्मालाई देख्ने एकजनाले भने, ‘गृहमन्त्री हिँडेर मन्त्रालय जानु थियो भने गाडी नै किन चढ्ने ? दुई समय मिटरको बाटोमा हिँडेको देखाएर के गर्न खोजेको होला ? यो त मिडियामा चर्चा कमाउने तरिका हो । गृहमन्त्रीज्यू राम्रो अभिनेता हुनुहुँदो रहेछ ।’
गृहमन्त्री शर्मा गाडीबाट ओर्लिएर हिँडेको केही समयभित्रै जाममा फसेको उनको गाडी आइपुगेको थियो । मुस्किलले ५० मिटर हिँडेका गृहमन्त्री शर्मा फेरि गाडी चडेर गृहमन्त्रालयतिर गएका थिए ।
नेपाल प्रहरीका एआईजी, डिआईजी, एसएसपी, एसपी लगायतका पदमा बढुवा विवादमा परेका गृहमन्त्री शर्माले आफ्नै सहपाठीलाई सुरक्षा सल्लाहकार नियुक्त गरेर अर्को आलोचना खेप्दै आएका छन् ।
प्रतिक्रिया