गोपालप्रसाद पराजुलीले पदभार ग्रहण गरेलगत्तै आफ्नो उत्तराधिकारी तोके

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
१५ पटक हेरिएको
Shares
गोपालप्रसाद पराजुलीले पदभार ग्रहण गरेलगत्तै आफ्नो उत्तराधिकारी तोके

सारांश

  • काठमाण्डौ ।
  • नवनियुक्त प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पदभार ग्रहण गरेलगत्तै आफ्नो उत्तराधिकारी तोकेका छन् ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिए लगत्तै पदभार ग्रहण गर्दै उनले आफ्नो उत्तराधिकारी वरिष्ठ न्यायाधीश दीपकराज जोशी भएको भन्दै आफ्नो उत्तराधिकारी तोकेका हुन् ।

काठमाण्डौ । नवनियुक्त प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पदभार ग्रहण गरेलगत्तै आफ्नो उत्तराधिकारी तोकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिए लगत्तै पदभार ग्रहण गर्दै उनले आफ्नो उत्तराधिकारी वरिष्ठ न्यायाधीश दीपकराज जोशी भएको भन्दै आफ्नो उत्तराधिकारी तोकेका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश पराजुलीले आफ्नो सहयोगी बरिष्ठ न्यायाधीश जोशी रहेको बताउँदै आफुहरुले एउटै उद्धेश्य बनाएर काम गर्ने स्पष्ट पारे । उनले भने, हामी एउटै उद्धेश्यका साथ चल्ने लक्ष्य लिएर मैले प्लान लिएर आएको छु, यसमा कुनै विमति छैन । हामी दुबै एक ढिक्का भएर सहकार्य हुन्छ ।’

प्रधानन्यायाधीश पराजुलीले आफ्नो नेतृत्वमा पारदर्शी ढंगले काम हुने र आफु कुनै ठाउँमा आफ्नो कर्तव्यबाट च्युत नहुने समेत बताए । उनले आफु एकदमै उदार दिलको भएको स्पष्ट पार्दै आफु आग्रह र पुर्वाग्रहबाट परिचालित नहुने समेत स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?