“गौतम बुद्दको शहर”को लोकार्पण संगै सत्य-स्वरुप साँझ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ९, २०७४
|
|
५२ पटक हेरिएको
Shares
“गौतम बुद्दको शहर”को लोकार्पण संगै सत्य-स्वरुप साँझ

सारांश

  • सिड्नी- अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलियाको साँगीतिक टुरको क्रममा शनिवार सिड्नीमा आयोजित कार्यक्रमपनि भब्य रुपमा सम्पन्न भएको छ ।
  • सिड्नीमा इनासको न्यु साउथ वेल्स राज्यसमितिले कार्यक्रमको आयोजना गरेको थियो ।
  • इनासको स्थानिय कलाकारलाई प्राथमिकता दिने उदेश्यअनुरुप सिड्नीका उदयमान नेपाली कलाकारहरुको पनि कार्यक्रममा दमादार प्रस्तुति रहेको थियो ।

सिड्नी- अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलियाको साँगीतिक टुरको क्रममा शनिवार सिड्नीमा आयोजित कार्यक्रमपनि भब्य रुपमा सम्पन्न भएको छ । सिड्नीमा इनासको न्यु साउथ वेल्स राज्यसमितिले कार्यक्रमको आयोजना गरेको थियो । इनासको स्थानिय कलाकारलाई प्राथमिकता दिने उदेश्यअनुरुप सिड्नीका उदयमान नेपाली कलाकारहरुको पनि कार्यक्रममा दमादार प्रस्तुति रहेको थियो । कार्यक्रममा साहित्यकार राजेश्वर घिमिरेको साहित्यिक कृति “गौतम बुद्दको शहर” को पनि लोकार्पण गरिएको थियो । उक्त कृतिको लोकार्पण इनास अष्ट्रेलियाका संस्थापक अध्यक्ष डा. रामकृष्ण निरौला, गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल तथा इनास अष्ट्रेलिया सल्लाहकार स्वतन्त्र प्रताप शाहले संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा सिड्नीको स्थानिय नेपाली ब्याण्ड RAD’S Studio ले पनि नेपाली सुगम संगीत र गजलहरु प्रस्तुत गरेको थियो ।

राधिका बानियाले सञ्चालन गरेको कार्यक्रममा गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल, इनास अष्ट्रेलिया सल्लाहकार एवं उद्यमी स्वतन्त्र प्रताप शाह, भरत पोखरेल लगायतका ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो । “सिड्नीमा हुनेगरेका कार्यक्रमहरुमा निकै पछि यत्तिको ठुलो नेपालीहरुको उपस्थिति देख्न पाइयो ।” उपस्थितहरु एकआपसमा कुराकारी गरिरहेका थिए । व्यस्तताहरु बिच समय छुट्याएर आइ कार्यक्रम सफल बनाउन मद्त गर्ने दर्शकहरु एबं कार्यक्रमलाई प्रायोजन गरी सहयोग गर्ने सम्पुर्ण व्यावसायीहरुलाई आयोजकका तर्फबाट इनास अष्ट्रेलिया अध्यक्ष ईश्वर पोखरेलले धन्यबाद दिए । “सिड्नीका दर्शकहरुमाझ आफ्नो प्रस्तुति दिइरहदा निकै आनन्द आइरह्यो” गायक स्वरुपराज आचार्यले भने । यसका साथै उनले अष्ट्रेलियाका सम्पुर्ण नेपालीहरुलाई आफुहरुप्रति दर्शाएको सत्भावका लागी धन्यवाद दिए ।

छोटो समयमा नै प्रवासमा नेपाली कला, संस्कृति, संगीत र साहित्यको उत्थान एवं नेपाली कलाकारहरुलाई परेको बखतमा सहयोग गर्ने उदेश्यले गठन भएको इनासले अष्ट्रेलियामा लोकप्रियता हासिल गर्दै गइरहेको छ ।

१३ मे मा पर्थ र २० मेमा एडिलेडमा गजल साँझपछि उनिहरुको यसपालीको करिब डेढ महिना लामो अष्ट्रेलिया भ्रमण समापन हुनेछ ।

(yourolddog.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्कसले लगाउने ‘पिपिई’ बनाउन टेलर खोज्दै महावीर पुन
चिकित्कसले लगाउने ‘पिपिई’ बनाउन टेलर खोज्दै महावीर पुन
अब बन्ने प्रधानमन्त्री बारे बामदेव गौतमको यस्तो खुलासा
अब बन्ने प्रधानमन्त्री बारे बामदेव गौतमको यस्तो खुलासा
माओवादी केन्द्रको ५ सय ८३ केन्द्रीय कमिटीमा ३५ थपिँदै
माओवादी केन्द्रको ५ सय ८३ केन्द्रीय कमिटीमा ३५ थपिँदै
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन  राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
अर्थतन्त्र मुठीमा
अर्थतन्त्र मुठीमा
कमलादी गोली काण्डः चुनाव भाँड्न भिअाइपी हत्या याेजना
कमलादी गोली काण्डः चुनाव भाँड्न भिअाइपी हत्या याेजना
प्रदेश नम्बर ७: प्रदेशको नाम खप्तड र राजधानी कैलालीको गोदावारी !
प्रदेश नम्बर ७: प्रदेशको नाम खप्तड र राजधानी कैलालीको गोदावारी !
कोशीका पूर्वमन्त्री अधिकारीले अब सर्वोच्च ‘फेस’ गर्नुपर्ने
कोशीका पूर्वमन्त्री अधिकारीले अब सर्वोच्च ‘फेस’ गर्नुपर्ने
गाईलाई राष्ट्रिय जनावरको मान्यता दिनुहुदैन : बाबुराम भट्टराई
गाईलाई राष्ट्रिय जनावरको मान्यता दिनुहुदैन : बाबुराम भट्टराई
कोरोना भ्याक्सिन नेपाल आउन कति समय लाग्ला ?
कोरोना भ्याक्सिन नेपाल आउन कति समय लाग्ला ?