घरबेटीको मनोमानी हट्दै, एक बर्षमा ८० विवाद समाधान

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
३६ पटक हेरिएको
Shares
घरबेटीको मनोमानी हट्दै, एक बर्षमा ८० विवाद समाधान

सारांश

  • सुर्यप्रसाद अधिकारी चितवन, साउन,१ ।
  • घरबहालहरु संगठित हुँदै गएपछि चिवतनमा घरवेटीको मनोमानी हट्दै गएको छ ।
  • घरबहालका विषयमा कुनैपनि समसय परे घरबहाल उपभोक्ता मञ्चलेनै समाधान गर्ने भएकाले समस्या न्युनिकरण हुँदै गएको छ ।

सुर्यप्रसाद अधिकारी

चितवन, साउन,१ । घरबहालहरु संगठित हुँदै गएपछि चिवतनमा घरवेटीको मनोमानी हट्दै गएको छ ।
घरबहालका विषयमा कुनैपनि समसय परे घरबहाल उपभोक्ता मञ्चलेनै समाधान गर्ने भएकाले समस्या न्युनिकरण हुँदै गएको छ ।

विगत सात बर्ष अघि स्थापना भएको बरबहाल उपभोक्ता मञ्चले घरबेटीको मनोमानी बढ्न थालेपछि विवाद समाधान उपसमिति नै स्थापना गरेर काम गर्दै आएको घरबहाल उपभोक्ताा मञ्चका संस्थापक अध्यक्ष हेमराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुरुशुरुमा अनियन्त्रीत घरबहाल ताक्ने अबस्था थियो भने सलामीमा घरवेटीको चर्काे मनोमानी थियो ।

सो क्रमलाई निरुतसाहित गर्दै यस्ता समस्या न्युनिकरण भएको उहाँले बताउनुभयो । पहिला जवरजस्ती हटाउने,मनलाग्दी भाडा बृद्धि गर्ने समस्या थियो । अहिले धेरै हटेर गएको उनीहरुले बताएका छन् ।

आज स्थापना दिवसको अबसरमा चितवनको नारायणगढमा पत्रकारसँगको अन्तरक्रियामा मञ्चका अध्यक्ष दुर्गाप्रसाद गौतमले घरबहालमा बसेकाहरुलाई मञ्चमा आवश्य भएर समस्यालाई एकीकृत रुपमा अघि बढाउन आग्रह गर्नुभयो ।

सो क्रममा विवाद समाधान उपसमितिका संयोजक पवित्रा जोशीले गएको एक बर्षमा मञ्चमा आएको ६० वटा विवाद मध्य २७ वटा विवाद लिखित रुपमै समाधान गरेको जनाउनुभयो ।

यस्तै घरधनीकोतर्फ बाट आएको विवाद मध्ये १६ वटा समाधान गरिएको तथा ३७ वटा विवादहरु स्थलगत रुपमै पुगेर मौखिक समाधान गरिएको बताउनुभयो ।

जिल्लामा घरबहालको यकिन तथ्यंक नभएपनि व्यवसाय भएका मध्ये ९० प्रतिशत भाडामा रहेको मञ्चले जनाएको छ । अहिले पनि बहाल रहेको क्षेत्रमा किनबेच(सलामी)को क्रम रहेकाले यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिएको छैन ।

ठाउँ दिएबापत लिने रकम(सलामी)को समस्या व्यवसायीकोमा पनि छ भने घरवालाले पनि गर्दै आएका छन् । स्थापना दिवसको अबसरमा उनीहरुले आज चितवनको नारायणगढमा दिप प्रज्ज्वलन समेत गरेका थिए ।
चितवनबाट घरबहाल मञ्चको स्थापना भएको र अहिलेसम्म नेपालका ४४ जिल्लामा शाखा स्थापना भैसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?