घर्तीसँगको प्रतिष्पर्धा गुरुङका लागि ‘फलामको चिउरा’ !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
४६ पटक हेरिएको
Shares
घर्तीसँगको प्रतिष्पर्धा गुरुङका लागि ‘फलामको चिउरा’ !

सारांश

  • लमजुङमा संघीय संसदका लागि एउटा मात्रै सिट छ ।
  • यहाँ कांग्रेसले पुराना नेता दिलबहादुर घर्तीलाई चुनावी मैदानामा उतारेको छ भने एमाले माओवादीको वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता देव गुरुङलाई उम्मेदवार बनाएको छ ।
  • ०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा एमालेका केन्द्रिय सचिव समेत रहेका पृथ्वीसुब्बा गुरुङले कांग्रेसका चन्द्रबहादुर कुँवरसँग हार्नुप¥यो ।

लमजुङमा संघीय संसदका लागि एउटा मात्रै सिट छ । यहाँ कांग्रेसले पुराना नेता दिलबहादुर घर्तीलाई चुनावी मैदानामा उतारेको छ भने एमाले माओवादीको वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता देव गुरुङलाई उम्मेदवार बनाएको छ ।

०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा एमालेका केन्द्रिय सचिव समेत रहेका पृथ्वीसुब्बा गुरुङले कांग्रेसका चन्द्रबहादुर कुँवरसँग हार्नुप¥यो । यस कारण पनि देव गुरुङलाई लमजुङमा प्रतिनिधिसभाको लागि उम्मेदवार बनाइएको हो । बाम गठबन्धनले मनाङका गुरुङलाई लमजुङमा उम्मेदवार बनाएपछि एमाले लमजुङका नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका छन् भने भित्रभित्रै गोप्य रणनीतिमा जुटेको बुझिएको छ ।

उता, कांग्रेसबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा ओर्लिएका दिलबहादुर घर्तीले जिल्लाका मतदाताहरुको मन जितिरहेका छन् । लामो समयसम्म केन्द्रको मुलधारमा बसेर कांग्रेसको राजनिति गर्दै आएका उनी आफूले सजिलै चुनाव जित्ने बताउँछन् ।

लमजुङमा आगामी निर्बाचनका लागि एक लाख १५ हजार चार सय ४९ मतदाताले मत दिनेछन् । जिल्लामा यसपटक एक सय २३ मतदानस्थल तय भएका छन् । तिनमा एक सय ६५ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
यी महिला सचिवकाे सपना भयाे भताभुङ्ग
यी महिला सचिवकाे सपना भयाे भताभुङ्ग
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !
मेयर बालेन्द्र शाहबिरुद्ध परेको रिटको सुनवाई आज
मेयर बालेन्द्र शाहबिरुद्ध परेको रिटको सुनवाई आज
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
सरोकारवाला निकायहरुले झुटो प्रतिबेदन बुझाए….
सरोकारवाला निकायहरुले झुटो प्रतिबेदन बुझाए….
काठमाडौं क्षेत्र  ३ बाट दिनेश खनाल द्वारा स्वतन्त्र उमेदवारी दर्ता
काठमाडौं क्षेत्र ३ बाट दिनेश खनाल द्वारा स्वतन्त्र उमेदवारी दर्ता
भुमिगत विप्लव किन अाउँदैछन् मंसिर ८ गते काठमाडाैमा ?
भुमिगत विप्लव किन अाउँदैछन् मंसिर ८ गते काठमाडाैमा ?
सुन तोलाको ९९ हजार
सुन तोलाको ९९ हजार
चौधरी ग्रुपले तीब्रखबरलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण
चौधरी ग्रुपले तीब्रखबरलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण