चर्चामा पानीजहाज : केपी ओलीको सपना पुरा गरिन् शितल शर्माले (भिडियोसहित)
सारांश
- काठमाडौं ।
- उद्घोषिका तथा सञ्चारकर्मीको रुपमा चर्चा बटुल्दै आएकी शितल शर्माको ‘पानीजहाज भाग-२’ गीति एल्बमले बजारमा तहल्का मच्चाएको छ ।
- उनी पछिल्लो समय गायिकाको रुपमा आफूलाई चिनाउने उद्देश्यले विभिन्न गीति एलबम बजारमा ल्याउन थालेकी छन् ।
काठमाडौं । उद्घोषिका तथा सञ्चारकर्मीको रुपमा चर्चा बटुल्दै आएकी शितल शर्माको ‘पानीजहाज भाग-२’ गीति एल्बमले बजारमा तहल्का मच्चाएको छ । उनी पछिल्लो समय गायिकाको रुपमा आफूलाई चिनाउने उद्देश्यले विभिन्न गीति एलबम बजारमा ल्याउन थालेकी छन् ।
प्रधानमन्त्री पदमा रहँदा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा पानी जहाज चलाउने घोषणा गरेका थिए । उनको त्यो घोषणालाई धेरैले हासोका रूपमा उडाएका थिए । अहिले फेरि यो गीतमार्फत पनि त्यस्तै भाव बोकेको छ । ओलीको घोषणा कार्यान्वयन नभए पनि यो गीतले सबै समेटेको छ ।
सञ्चारकर्मी शितलले सांगीतिक कोसेली ‘पानी जहाज भाग–२’ ल्याएरै भए पनि एमाले अध्यक्ष ओलीको पानी जहाज भित्र्याउने सपना र ईच्छा पूरा गरिदिएकी हुन् । उनको उक्त एल्वमको पनि एमाले अध्यक्ष ओलीले नै विमोचन गरेका थिए ।
वरदान डिजिटल म्युजिक प्रालिद्वारा बजार व्यवस्थापन भएको उक्त गीत गायिका तथा सञ्चारकर्मी शितल शर्मालाई पुरुषतर्फका वैकुण्ठ महतले स्वरमा साथ दिएका छन् । तथा शब्द संकलन गायक वैकुण्ठ महतले गरेका हुन् । उक्त भिडियोमा देशको मेचीदेखि महाकालीसम्मका महत्वपूर्ण स्थानमा छायांकन गरिएको छ ।
बुटवल स्थायी ठेगाना भई विगत १४ वर्षदेखि सञ्चारकर्मी र सांगीतिक क्षेत्रमा संघर्षरत शितल शर्माले यो गीतबाट अझै चर्चा बुटुलेकी छिन् । गीतमा राजनीति धेरै गरिसक्यो, अब आर्थिक समृद्धितर्फ लाग्नुपर्छ भन्ने विषयवस्तु समेटिएको छ ।
प्रतिक्रिया