चर्पी र रेस्टुराँसहितको पर्यटकीय बस सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २९, २०७३
|
|
७४५ पटक हेरिएको
Shares
चर्पी र रेस्टुराँसहितको पर्यटकीय बस सञ्चालनमा

सारांश

  • नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले चर्पी र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ ।
  • ‘उमङ्ग र अनुभूति’ भन्ने नाराका साथ सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसन भएको नयाँ पर्यटकीय बस सञ्चालनमा ल्याएको हो ।
  • यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौँदेखि लुम्बिनी र काठमाडौँदेखि पोखरासम्मका लागि हाल चारवटा बस सञ्चालनमा ल्याइएको हो | यात्रुको चाहना हेरेर छिट्टै पाँचवटा बस थपिने समेत बुझिएको छ ।

नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले चर्पी र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ ।

‘उमङ्ग र अनुभूति’ भन्ने नाराका साथ सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसन भएको नयाँ पर्यटकीय बस सञ्चालनमा ल्याएको हो ।

यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौँदेखि लुम्बिनी र काठमाडौँदेखि पोखरासम्मका लागि हाल चारवटा बस सञ्चालनमा ल्याइएको हो | यात्रुको चाहना हेरेर छिट्टै पाँचवटा बस थपिने समेत बुझिएको छ । उक्त बुधबारदेखि लुम्बिनी र पोखरामा एकसाथ बस सञ्चालन गरिने छ ।

यस्तो  बस सञ्चालनले नेपालको पर्यटन विकासमा थप सहयोग पुग्ने छ । उक्त बस लुम्बिनी र पोखरामा मात्र नभई अरु पर्यटकीय गन्तव्यमा समेत पु¥याउनु जरुरी छ |

बसभित्र तातो, चिसो खानेकुरा सुविधासँग खान र पिउनका लागि फोल्डेवल सेवन जडित गरिएको र धुम्रपानको बानी भएका यात्रुको लागि छुट्टै ठाउँको व्यवस्था रहेकोे छ ।

सत्ताइस सिट क्षमता भएको उक्त बस चढ्नेले काठमाडौँ–पोखराका लागि १७ अमेरिकन डलर र काठमाडौँ–लुम्बिनीका लागि २५ अमेरिकन डलर भाडा तिर्नुपर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?