चलेका स्कुलका नाम राख्दै विद्यार्थी झुक्काउँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
२७ पटक हेरिएको
Shares
चलेका स्कुलका नाम राख्दै विद्यार्थी झुक्काउँदै

सारांश

  • काठमाडौं – निजी विद्यालयले पछिल्लो समय विद्यार्थी आकर्षित गर्न स्थापित भइसकेका पुराना स्कुलसँग नाम जुधाएर नयाँ खोल्ने प्रवृत्ति मौलाउँदै गएको छ।
  • विद्यार्थी तान्ने नाममा अर्काको ‘ब्रान्ड’ चोरेर विद्यालय खोलिँदा पहिले नै स्कुल खोलेर चिनिएका वा स्थापित भइसकेका विद्यालय मारमा पर्छन् नै, सँगै विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थी र परीक्षार्थी समेत आफूले अध्ययन गर्ने सक्कली शैक्षिक संस्था कुन् हो भनेर दोधारमा पर्ने गरेका छन्।
  •  आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

काठमाडौं – निजी विद्यालयले पछिल्लो समय विद्यार्थी आकर्षित गर्न स्थापित भइसकेका पुराना स्कुलसँग नाम जुधाएर नयाँ खोल्ने प्रवृत्ति मौलाउँदै गएको छ।

विद्यार्थी तान्ने नाममा अर्काको ‘ब्रान्ड’ चोरेर विद्यालय खोलिँदा पहिले नै स्कुल खोलेर चिनिएका वा स्थापित भइसकेका विद्यालय मारमा पर्छन् नै, सँगै विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थी र परीक्षार्थी समेत आफूले अध्ययन गर्ने सक्कली शैक्षिक संस्था कुन् हो भनेर दोधारमा पर्ने गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

यस्तै घटना भएको छ, राजधानी काठमाडौंमा। महाराजगन्जमा ३२ वर्षदेखि सञ्चालन भइरहेको ‘काठमाडौं भ्याली स्कुल’ को नाम चोरेर काठमाडौंकै छाउनीमा ‘काठमाडौं भ्याली स्कुल’को नाममा अर्को स्कुल स्थापना भएको छ। दूरीको हिसाबले टाढा रहे पनि कानुनविपरीत एउटा जिल्लामा पुरानो स्कुल सञ्चालनमा रहेका बेला त्यही नामको नयाँ स्कुल खोलिएको छ।

एउटै नाममा अर्को स्कुल खोल्दा आफ्नो स्कुलको ‘ब्रान्ड’ मै समस्या आएको महाराजगन्जस्थित भ्याली स्कुलका प्रिन्सिपल कर्मा तेन्जिङले बताए। आफ्नो स्कुलसँग जुध्ने नाम राखी छाउनीमा अर्को स्कुल खोलिएको विषयमा स्वयं स्कुल सञ्चालक, जिल्ला शिक्षा कार्यालय र शिक्षा मन्त्रालयमा समेत पटक पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको तेन्जिङको गुनासो छ।

‘एक पटक हाम्रो स्कुलमा एमबीबीएसको परीक्षा दिन आउने विद्यार्थी झुक्किएर छाउनीमा रहेको स्कुलमा पुगेछन्। गलत केन्द्रमा पुगेका उनीहरू परीक्षा सुरु हुनुअघि नै हतार गरेर महाराजगन्ज आउन सफल भए’, तेन्जिङले भने, ‘यस्तै अन्य विषयको परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थी गलत केन्द्रमा पुगेर यहाँ आउँदा ढिलो भएको उदाहरण प्रशस्तै छन्।’

छाउनीस्थित स्कुलले पत्रिकामा विज्ञापन छापेपछि झुक्किएर बिल भुक्तानी लिन आफ्नो स्कुलमा आउने गरेको पनि उनले बताए। ‘स्तरीय शिक्षा दिन सकिन्छ भने नाम जुधाएर स्कुल खोल्न आवश्यक छैन। हामीले पटक पटक नाम सच्याउन अनुरोध पनि ग¥यौं। तर अहिलेसम्म सार्वजनिक रूपमा विज्ञापन वा अन्य प्रचारप्रसार गर्दा हाम्रो स्कुलसँग मिल्ने नाम नै कायम छ’, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सङ्ख्यामा सहमति हुन सकेन
सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सङ्ख्यामा सहमति हुन सकेन
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी
एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी
काठमाडौंका सात जनामा देखियो कोरोना, ६९७ जना डिस्चार्ज
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छ :  मुख्यमन्त्री कार्की
तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छ : मुख्यमन्त्री कार्की
गोविन्द केसी र मेडिकल कलेज बारे बोल्यो  चिकित्सक संघ
गोविन्द केसी र मेडिकल कलेज बारे बोल्यो चिकित्सक संघ
दुई छोरीपछि बलिउड फिल्म निर्माता करीम मोरानीलाई कोरोना संक्रमण
दुई छोरीपछि बलिउड फिल्म निर्माता करीम मोरानीलाई कोरोना संक्रमण

तपाईंले छुटाउनुभयो कि?