चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
- किराँत धर्मावलम्बीहरुको चाड उधौली तथा चासोक तङनामका अवसरमा आज शनिबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्वहरु पर्यटकीय आकर्षणका केन्द्र हुनसक्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
किराँत धर्मावलम्बीहरुको चाड उधौली तथा चासोक तङनामका अवसरमा आज शनिबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्वहरु पर्यटकीय आकर्षणका केन्द्र हुनसक्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
“विभिन्न जातीय समुदायका चाडपर्वमा प्रयोग हुने बाजागाजा, नृत्य तथा अन्य गतिविधि स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने सशक्त माध्यम बन्न सक्छन्” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विभिन्न जातीय समुदायले मनाउने चाडपर्वहरुले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरेको उल्लेख गरेका छन् ।
“हाम्रो जातीय, भाषिक र धार्मिक विविधताले नेपालीलाई एक सुत्रमा बाँध्ने माध्यम भएका छन्” प्रधानमन्त्रीले शुभकामनामा भनेका छन् । मंसिरे पूर्णिमाको दिन खासगरी किराँत राई र सुनुवार जातिले मनाउने उधौली पर्व र लिम्बू जातिले मनाउने चासोक तङनामलाई सरकारले किराँत चाडको रुपमा मान्यता दिएको प्रधानमन्त्रीको भनाइ छ ।
पाकेको अन्नको न्वागी खाने दिनको रुपमा किराँतहरुले मनाउने यस पर्वका अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत जातिमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया