चार किशोर अझै वेपत्ता
सारांश
- काठमाडौं, १७ पुस ।
- भरतपुर महानगरपालिकाका चार किशोर नौ दिनदेखि एकसाथ बेपत्ता भएका छन् ।
- भरतपुर अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता भएका हुन् ।
काठमाडौं, १७ पुस । भरतपुर महानगरपालिकाका चार किशोर नौ दिनदेखि एकसाथ बेपत्ता भएका छन् । भरतपुर अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता भएका हुन् ।
दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ अध्ययनरत तथा सामुइल लोटस एकेडेमीमा अध्ययरत थिए । बेपत्ता चारै जनाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी युनिटमा हुलिया र फोटोसहित सूचना जारी गरेको प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए ।
प्रहरीले उनीहरुका आफन्त तथा साथीभाइसँग सोधपुछ गरिरहेको छ । अन्तिम पटक उनीहरुसँग भेट भएका व्यक्तिको भनाइका आधारमा जिल्ला बाहिर जाने सवारीसाधनमा जाँच गरिएको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया