चिनियाँ यान चन्द्रमाको पृथ्वीतर्फ नफर्किएको क्षेत्रमा सफलतापूर्वक अवतरण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
चिनियाँ यान चन्द्रमाको पृथ्वीतर्फ नफर्किएको क्षेत्रमा सफलतापूर्वक अवतरण

सारांश

  • काठमाडौं ।
  •  चीनले आफ्नो एक रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमाको हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको छ।
  • उक्त मानवरहित चाँग इ–४ नामक यान चन्द्रमाको दक्षिणी ध्रुव–एटकेन बेसिनमा अवतरण गरेको थियो ।

काठमाडौं ।  चीनले आफ्नो एक रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमाको हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको छ।

उक्त मानवरहित चाँग इ–४ नामक यान चन्द्रमाको दक्षिणी ध्रुव–एटकेन बेसिनमा अवतरण गरेको थियो । उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न र जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले उक्त अवतरणलाई अन्तरिक्ष यात्राको महत्वपूर्ण कोशेढुङ्गो भनेको छ । चन्द्रमामा यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा सो यान पुगेको छ ।

उक्त क्षेत्रमा जाने लक्ष्य राखेकै कारण सो अभियान विगतका अभियानभन्दा बढी जोखिमपूर्ण तथा जटिल मानिएको थियो । सन् २०१३ मा चाँग इ–३ नामक यानले चन्द्रमाको सजिलो क्षेत्रमा अवतरण गरेको थियो । अब चीनले त्यहाँबाट चन्द्रमाका चट्टान तथा धूलोका नमूनाहरू पृथ्वीमा ल्याउनेछ ।चन्द्रमाको उक्त परको क्षेत्रलाई ’अँध्यारो पाटो’ भनिन्छ ।

चन्द्रमाका दुवै पाटाहरूमा दिन र रात हुने गर्छ । चाँग इ–४ अभियानले त्यहाँको भन कार्मान क्रेटरको अध्ययन गर्ने लक्ष्य राखेको छ ।
उक्त क्रेटर वा खाल्डो चन्द्रमाको सुरुवाती इतिहासमा भएको कुनै विशाल घटनाका कारण बनेको ठानिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?