चीनमा बसको ठक्करबाट पाँचको मृत्यु, २१ जना घाइते
सारांश
- काठमाडौं ।
- चीनमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ ।
- २१ ज्ना घाइते भएका छन् ।
काठमाडौं । चीनमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । २१ ज्ना घाइते भएका छन् ।
चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा एक व्यक्तिले गाडीको चालकलाई चक्कू देखाई गाडी अपहरण गर्न खोज्दा बस दुर्घटना भएको थियो । चक्कूधारी व्यक्तिले बसलाई अपहरण गरेर लाने क्रममा स्थानीय बस पैदलयात्रीसँग ठोक्किएको बताइएको छ ।
अपहरणकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको सीजीटीएनले बताएको छ । मृतकमध्ये एक प्रहरी अधिकारी रहेका बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया