चीनले दियो उपल्लो मुस्ताङ्गीलाई यस्तो सामाग्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • मुस्ताङ, १८ जेठ – छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई सात करोड ५० हजारको निर्माण सामग्री सहयोग गरेको छ ।
  • चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो ।
  • चीनले हरेक वर्ष उपल्लो मुस्ताङलाई निर्माण र खाद्यान्न सहयोग गर्दै आएको छ ।

मुस्ताङ, १८ जेठ – छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई सात करोड ५० हजारको निर्माण सामग्री सहयोग गरेको छ ।

चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो ।

चीनले हरेक वर्ष उपल्लो मुस्ताङलाई निर्माण र खाद्यान्न सहयोग गर्दै आएको छ । इलाका प्रशासन कार्यालय लोमान्थाङका प्रमुख जितेन्द्र बलामीका अनुसार :

चीनबाट आएका समाग्री,
-सय टन सिमेन्ट
-५० टन छड
-६ हजार पिस प्लाइउड
-१० हजार पिस ब्याम्बू प्लाइउड
-सातहजार पिस उडकिप
-११ हजार पिस जस्तापाता

कोरला नाका हुँदै ल्याइएको उक्त सामग्री चीन सरकारका प्रतिनिधिले दुई गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका थिए ।
उक्त सामग्रीलाई उपल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयवासीलाई वितरण गरी निर्माण कार्यमा खर्चिने दालोमे गाउँपालिकाका प्रमुख लोप्साङ छोम्फेल विष्टले बताए ।

 

(https://www.stellardental.my/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?