चुडामणि शर्मा लाई थुनामा राख्न नपाईने कानुनविद्को तर्क : बहस कि व्यापार ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३१, २०७४
|
|
४० पटक हेरिएको
Shares
चुडामणि शर्मा लाई थुनामा राख्न नपाईने कानुनविद्को तर्क : बहस कि व्यापार ?

सारांश

  • ३१, काठमाण्डौ ।
  • ठूला व्यापारिक फर्मलाई अर्बौं रुपैयाँ कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारको थुनामा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई अख्तियारले अधिकारक्षेत्रभन्दा बाहिर गएर थुनेको जिकिर वरिष्ठ कानुनविद्हरूको छ ।
  • आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

३१, काठमाण्डौ । ठूला व्यापारिक फर्मलाई अर्बौं रुपैयाँ कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारको थुनामा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई अख्तियारले अधिकारक्षेत्रभन्दा बाहिर गएर थुनेको जिकिर वरिष्ठ कानुनविद्हरूको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
यद्यपी कतिपयले भने शर्माको पक्षमा बहस गर्न अघिसरेपछि जस्तोसुकै तर्क गरेर भएपनि वकिल वा कानुनविद्ले शर्मालाई छुटाउने प्रयास गरेको टिप्पणी गरेका छन् । वरिष्ठ कानुनविद्ले भनेकै भए पनि त्यो व्यवसायिक पाटो भएको र शर्माको पक्षमा वकालत गर्नु वकिल पेशाभित्रको बाध्यता भएको समेत तर्क गरिएको छ ।
उनीविरुद्ध विशेष अदालतमा शुक्रबार अख्तियारले दायर गर्ने भनिएको भ्रष्टाचारमुद्दा सबै फाइल रुजु गर्न नभ्याइएका कारण दर्ता हुन नसके पनि उनको पक्षमा उनकी पत्नी कल्पना उप्रेतीले              सर्वोच्च अदालतमा दर्ता गरेको बन्दीप्रत्यक्षीकरण रिटमा भने बहस भएको थियो ।
बहस गर्ने क्रममा शर्माका कानुन व्यवसायीले कर फस्र्योट ऐनअनुसार अख्तियारले यसमा छानबिन गर्न नपाउने र अनुसन्धान नै नहुने विषयमा थुनामा राख्न नमिल्ने भन्दै रिहाइको मागसमेत गरेका छन् । सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा शर्माको रिटमा सुनुवाइ भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपामा फेरि कचिंगल : यसकारण राणा र चन्दले पनि पार्टी छाड्नसक्ने
राप्रपामा फेरि कचिंगल : यसकारण राणा र चन्दले पनि पार्टी छाड्नसक्ने
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग
आज जनताको विजय भएको दिन (प्रधानमन्त्री)
आज जनताको विजय भएको दिन (प्रधानमन्त्री)
विद्युतीय मेसिनको प्रयोगबारे छलफल विनानिष्कर्ष टुंगिएपछि ,आगामी चुनावमा पनि कागजकै मतपत्र
विद्युतीय मेसिनको प्रयोगबारे छलफल विनानिष्कर्ष टुंगिएपछि ,आगामी चुनावमा पनि कागजकै मतपत्र
शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ
शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा
परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा
कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै
कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै
यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो