चुनाव हारेपछि कांग्रेसका सभापतिले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
४० पटक हेरिएको
Shares
चुनाव हारेपछि कांग्रेसका सभापतिले दिए राजीनामा

सारांश

  • काठमाडौं १९ असार ।
  • स्थानीय तह निर्वाचनमा आफु पनि पराजित भएको र सिंगो जिल्लामा पार्टीलाई राम्रो नतिजा दिलाउन नसकेको भन्दै कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।
  • आफ्नो र जिल्लाभर पार्टीलाई जुन रुपमा जिताउनु पर्ने थियो त्यो अनुसार अगाडी बढाउन नसकेको जिम्मेवारी महशुस गर्दै राजिनामा दिने निर्णयमा पुगेको उनले बताए ।

काठमाडौं १९ असार ।
स्थानीय तह निर्वाचनमा आफु पनि पराजित भएको र सिंगो जिल्लामा पार्टीलाई राम्रो नतिजा दिलाउन नसकेको भन्दै कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।

आफ्नो र जिल्लाभर पार्टीलाई जुन रुपमा जिताउनु पर्ने थियो त्यो अनुसार अगाडी बढाउन नसकेको जिम्मेवारी महशुस गर्दै राजिनामा दिने निर्णयमा पुगेको उनले बताए । ‘आफै उठ्ने निर्णय गरेर पराजित हुनु र पार्टीलाई पनि जित दिलाउन नसकेपछि पदमा बस्न उपयुक्त ठानिन्’ उनले भने, ‘जिल्ला समितिमार्फत स्वीकृतिका लागि केन्द्रमा पठाउने गरी राजिनामा दिएको छु ।’ उनले मतदाता र कार्यकर्तालाई सम्बोधन गर्दै आईतवार सामाजिक संजालमा पोष्ट गर्दै प्रतिस्पर्धा, जय, पराजय प्रजातन्त्रका सुन्दर आभुषण भएको उल्लेख गर्दै यो पटक आफ्नो पक्षमा पराजय परेको उल्लेख गरेका छन् ।

चुनावमा आफ्नै पार्टीका कार्यकर्ताबाट भएको असहयोगलाई ‘गम्भिर’ भन्दै त्यसबाट सिंगा पार्टी नै पराजित भएकोमा चिन्ता व्यक्त गरेका छन् । ‘यो पराजयले पार्टीलाई बर्षौं पछाडी धकेलिन्छ कि भन्ने भयले म ग्रसित छु’, उनले लेखेका छन्, ‘अन्यसंग लड्दै आएको म आज आफ्नैसंग हरे, तर हिम्मत हारेको छैन् ।’ उनले सहयोग गर्ने मतदाता, कार्यकर्ता र सबैलाई धन्यवाद पनि दिएका छन् ।

२०४९ सालमा तत्कालिन गाविस अध्यक्षमा कांग्रेसबाटै चुनाव जितेका उनी २०५४ मा पनि बिजयी भएका थिए । रेसुंगा नगरपालिका बनेपछि उनले पार्टी सभापति भएपनि नगरको चुनाव लड्ने र समृद्ध र सुन्दर नगरपालिका बनाउने सपनाले चुनाव लडेको बताए । ‘तर त्यसमा तुषारापात भएको छ’ उनले भने, ‘मैले निर्वाचित भएपछि केही नगरेको पनि हैन, थप केही गर्न खोज्दाको भयले अत्तालिएर हराईएको हो ।’ २० वर्षपछि भएको स्थानीय तह निर्वाचनबाट रेसुंगा नगरपालिकामा एमालेका डिल्लीराज भुसाल श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका छन् ।

लामो समय देखि कांग्रेसले जित्दै आएको स्थानमा एमाले बिजयी भएपछि कांग्रेस कार्यकर्ता निरास छन् । संगठन कमजोर नभै पार्टी भित्रकै अन्तर्घातका कारण पराजित हुनु परेको भन्दै संगठन सुदृढीकरण अभियान चलाएर त्यस्ता कार्यकर्तालाई कारवाही गर्न माग बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजदूत झाको हत्या प्रकरण : टाउकोमा तीन, घाँटीमा दुई चोट, २ जना नियन्त्रणमा
पूर्वराजदूत झाको हत्या प्रकरण : टाउकोमा तीन, घाँटीमा दुई चोट, २ जना नियन्त्रणमा
मुख्यमन्त्रीको आज टुंगो लाग्ने, बाम गठबन्धन कार्यदलको वैठक बस्दै
मुख्यमन्त्रीको आज टुंगो लाग्ने, बाम गठबन्धन कार्यदलको वैठक बस्दै
परराष्ट्रले भन्यो-बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
परराष्ट्रले भन्यो-बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
५ क्षेत्रका उम्मेद्वार घोषणा गर्‍यो हाम्रो पार्टीले
५ क्षेत्रका उम्मेद्वार घोषणा गर्‍यो हाम्रो पार्टीले
रेशम चौधरीको मुद्धाको सुनुवाइ आज
रेशम चौधरीको मुद्धाको सुनुवाइ आज
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक ,यस्तो छ समूह विभाजन,
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक ,यस्तो छ समूह विभाजन,
बञ्चरे डाडामा फोहोर बिसर्जनमा रोक लगाउने चेतावनी
बञ्चरे डाडामा फोहोर बिसर्जनमा रोक लगाउने चेतावनी
अध्यागमन कार्यालय खोल्न पहल गर्ने : राजदूत पुरी
अध्यागमन कार्यालय खोल्न पहल गर्ने : राजदूत पुरी
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित