चैते छठ आज उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २१, २०७३
|
|
२८३ पटक हेरिएको
Shares

सारांश

  • चैते छठ  आज व्रतालुले यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् ।
  • मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
  • अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिईन्छ।
चैते छठ  आज व्रतालुले यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् ।
मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिईन्छ।
व्रतालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाइ अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गर्नेगर्दछन  ।
अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ ।
सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।
छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो ।
धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्क स्थापनाको पैँतीऔँ वर्ष : १९ औँ शिखर सम्मेलन अन्योलमा
सार्क स्थापनाको पैँतीऔँ वर्ष : १९ औँ शिखर सम्मेलन अन्योलमा
सन् २०१८ लाई फर्केर हेर्दा : प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष
सन् २०१८ लाई फर्केर हेर्दा : प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष
युएस बङ्ला विमानका चालककी पत्नीको पनि निधन
युएस बङ्ला विमानका चालककी पत्नीको पनि निधन
जाडो मोसममा  हृदयघातको सम्भावना बढी !
जाडो मोसममा हृदयघातको सम्भावना बढी !
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी
दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी
संविधान संशाेधन कुनै हालतमा मान्दैनाै:- केपी अाेली
संविधान संशाेधन कुनै हालतमा मान्दैनाै:- केपी अाेली
प्रदेश नं ३: नेकपाकाे स्थानीय तहको एकीकरण प्रक्रिया सुरू
प्रदेश नं ३: नेकपाकाे स्थानीय तहको एकीकरण प्रक्रिया सुरू