छिटोभन्दा छिटो निर्वाचनमा जानुको बिकल्प छैनः नेता पौडेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २३, २०७३
|
|
१८१ पटक हेरिएको
Shares
छिटोभन्दा छिटो निर्वाचनमा जानुको बिकल्प छैनः नेता पौडेल

सारांश

  • नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभएको छ ।
  • वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छैटौँ वालिङ महोत्सवको समापन गर्दै नेता पौडेलले आगामी माघभित्र तीनवटै तहको निर्वाचन गरी देशलाई समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो ।
  • “संविधान निर्माणका क्रममा एउटै ठाउँमा उभिएका दलहरु संविधानको कार्यान्वयनका लागि पनि एकै ठाउँमा उभिएर देशलाई विद्यमान सङ्क्रमणकालबाट बचाउनु आवश्यक छ,” उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभएको छ ।

वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छैटौँ वालिङ महोत्सवको समापन गर्दै नेता पौडेलले आगामी माघभित्र तीनवटै तहको निर्वाचन गरी देशलाई समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो । “संविधान निर्माणका क्रममा एउटै ठाउँमा उभिएका दलहरु संविधानको कार्यान्वयनका लागि पनि एकै ठाउँमा उभिएर देशलाई विद्यमान सङ्क्रमणकालबाट बचाउनु आवश्यक छ,” उहाँले भन्नुभयो ।

मधेसमा देखिएका समस्यालाई वार्ताका माध्यमबाट समाधान गर्न सकिने उहाँको भनाइ थियो । मधेसीका जायज गुनासालाई सम्बोधन गरिने तर राष्ट्रियतामाथि आँच आउने गरी भने गर्न नसकिने पौडेलले बताउनुभयो । उहाँले संविधान संसोधनका क्रममा मधेसवादी दललाई सर्तमाथि सर्तहरु अगाडि नसार्न पनि आग्रह गर्नुभयो ।

सो अवसरमा नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेयले संविधान कार्यान्वयनमा लाग्नुपर्ने बेलामा सरकारले संविधान संशोधन भन्दै बेमौसमको बाजा बजाइरहेको बताउनुभयो । ‘हाम्रो गौरव, हाम्रो शानः वालिङ महोत्सव हाम्रो पहिचान’ नाराकासाथ यही माघ १३ गतेदेखि महोत्सव सुरु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
यसरी बन्दैछ तारजाली लगाएर मतगणनास्थल
यसरी बन्दैछ तारजाली लगाएर मतगणनास्थल
सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!
सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!
जतिसक्दो चाँडो सञ्चार ऐन ल्याउने तयारीमा छौँ : मन्त्री शर्मा
जतिसक्दो चाँडो सञ्चार ऐन ल्याउने तयारीमा छौँ : मन्त्री शर्मा
मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने
मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने
भेनेजुयलाका विपक्षी नेता घरमै नजरबन्द
भेनेजुयलाका विपक्षी नेता घरमै नजरबन्द
प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे
प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
अवरुद्ध विद्युत् सेवा सञ्चालन
अवरुद्ध विद्युत् सेवा सञ्चालन