छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०७५
|
|
२० पटक हेरिएको
Shares
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • रोल्पा, सुनसरी, चितवन र प्युठानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
  • रोल्पा लुंग्री गाउँपालिका(३ स्थित जुतुङखोलामा ग.

काठमाडौं । रोल्पा, सुनसरी, चितवन र प्युठानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रोल्पा लुंग्री गाउँपालिका(३ स्थित जुतुङखोलामा ग.१ ख ५५२१ नम्बरको बस सोमबार बेलुका सडकबाट करिब ३५ मिटर तल खसी दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक प्युठान स्वर्गद्धारी नगरपालिका ५ बस्ने २४ वर्षीय नबराज आले र रोल्पा लुंग्री गाउँपालिका ३ बस्ने शान्ती बिकको ११ महिनाको छोराको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको छ े। दुर्घटनामा घाइते २७ जनामध्ये १६ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।
यस्तै सुनसरी ईटहरी उपमहानगरपालिका २ स्थित कोशी राजमार्गमा को ३४ प ९८३९ नम्बरको स्कुटर सोमबार साँझ आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार ३० वर्षीया परिस्ता राईको बिराटनगर न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

चितवन भरतपुर महानगरपालिका १० गौतमस्थित सडकमा ना ४८ प ३७५७ नम्बरको मोटरसाइकल सोमबार बेलुका अन्यन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक पर्वत घर भई हाल भरतपुर ७ बस्ने २८ वर्षीय युवराज थापाको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा पदैलयात्री चितवन भरतपुर १० चौबिसकोटी बस्ने ४२ वर्षीय रमेशबिक्रम थापा समेत गम्भीर घाइते भएकाले नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
प्युठान माण्डबी गाउँपालिका ३ सल्लीकोटमा लु ३ त ९८८६ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ नर्सु बस्ने ४१ वर्षीय रामबहादुर घर्ती अचानक ट्याक्टरबाट खस्न जाँदा टायरले किच्न गई घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर सहित चालक प्युठान माण्डबी गाउँपालिका(१ कुमालटार बस्ने १९ वर्षीय यामबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?