छोरेपाटनमा रोपाई का लागी ठिक्क पारेको खेत भासियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
छोरेपाटनमा रोपाई का लागी  ठिक्क पारेको खेत भासियो

सारांश

  • असार १५ पोखरा पोखरा लेखनाथ महानगरपालिका १६ छोरेपाटनमा खेत भासिएको छ ।
  • छोरपाटनको दामोदरखोला नजिकै नयाँ प्लटिङ गरिएको स्थान नजिकै रहेको स्थानीय बासिन्दा यदु बोगटीको खेत आज बिहान भासिएको स्थानियले बताएका छन ।
  • बुधबार राती परेको भारी वर्षासंगै आज रोपाईको लागी तयार गरिएको खेत बिहान करिव साढे सात बजेतिर भासिएको थियो ।

असार १५ पोखरा पोखरा लेखनाथ महानगरपालिका १६ छोरेपाटनमा खेत भासिएको छ । छोरपाटनको दामोदरखोला नजिकै नयाँ प्लटिङ गरिएको स्थान नजिकै रहेको स्थानीय बासिन्दा यदु बोगटीको खेत आज बिहान भासिएको स्थानियले बताएका छन । बुधबार राती परेको भारी वर्षासंगै आज रोपाईको लागी तयार गरिएको खेत बिहान करिव साढे सात बजेतिर भासिएको थियो । बोगटीको खेतको विचबाट भासिए पछि भासिएको खेत आसपासमा रहेका घरका धनीहरु पनि डराएका छन । वर्षाको समयमा दामोदर खोला बढेर आउदा पानीको निकास हुन नसक्दा पछिल्लो समय छोरेपाटनको सो क्षेत्र वर्षेनी डुवानको चपेटामा पर्दै आएको छ । अहिले पनि दामोदर खोलाको पानीको उचित निकास नभएकै कारण सो खेत भासिन पुगेको खेतका धनी यदु बोगटीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?