छ महिनाको बच्चालाई मुसाले जिउँदै खायाे

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०८०
|
|
३९ पटक हेरिएको
Shares
छ महिनाको बच्चालाई मुसाले जिउँदै खायाे

सारांश

  • काठमाडौं ।
  • अमेरिकाको इन्डियाना मा बुबाआमा गहिरा्े निद्रामा भएको बेला छ महिनाको बच्चालाई मुसाले जिउँदै खाएको छ ।
  • बच्चाको शरीरमा ५० भन्दा बढी टोकेको घाउ भेटिएको छ उक्त बारेमा थाहा पाएछि शिशुका बुबाले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका हुन् ।

काठमाडौं । अमेरिकाको इन्डियाना मा बुबाआमा गहिरा्े निद्रामा भएको बेला छ महिनाको बच्चालाई मुसाले जिउँदै खाएको छ । बच्चाको शरीरमा ५० भन्दा बढी टोकेको घाउ भेटिएको छ उक्त बारेमा थाहा पाएछि शिशुका बुबाले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका हुन् ।

घटनामा कारबाही गर्दै प्रहरीले बालकका बुवा डेभिड र आमा एन्जल स्कोएनबमलाई पक्राउ गरेको छ । उनीहरूसँगै बस्ने उनकी काकीलाई पनि पक्राउ गरिएको छ । उनीहरु विरुद्ध लापरवाही सहित कैयौं फौजदारी अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

यी दम्पतीका तीन सन्तान छन् । उनीहरू घरमा अर्को परिवारसँग बस्छन् । यो अर्को परिवारमा उनीहरूका दुई बच्चा छन्। घर पुग्दा ६ महिनाको बालक रगतले लतपतिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको टाउको र अनुहारमा ५० भन्दा बढी मुसाले टोकेको घाउ थियो ।उक्त घटना गत हप्ता भएको जनाइएको छ ।

प्रहरी डिटेक्टिभ जोनाथन हेल्मले पक्राउ पुर्जीमा बालकको दाहिने हातको चार औंला र बुढीऔंला हराइरहेको लेखेका छन् । उनको औंलाका हड्डीहरू देखिन्थे। बच्चालाई अस्पताल लग्दा उनको शरीरको तापक्रम निकै घटेको थियो । उनलाई रगत चढाउनु परेको थियो । बच्चा जीवित छन् ।

न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार बच्चाको घर फोहोर र मुसाको मलले भरिएको थियो। उनका बुबाले मार्चदेखि मुसाका कारण समस्यामा परेको र यसका लागि उपाय पनि गरिएको बताए । तर प्रहरी अधिकारीहरुले यस घरको बच्चालाई मुसाले खाएको यो पहिलो पटक नभई सेप्टेम्बरमा घरका अन्य बालबालिकालाई पनि टोकेको थाहा पाएका छन् ।

एउटै घरका दुई बालबालिकाले सेप्टेम्बर १ मा मुसाले खुट्टाको औंला खाएको आफ्नो विद्यालयका शिक्षकलाई बताए । त्यतिबेला उनीहरू सुतिरहेका थिए । त्यसपछि बाल सेवा विभागका अधिकारीहरु उनीहरुको घरमा आए ।

त्यसपछि बच्चाकी आमाले घरमा केही मुसा रहेको तर तिनीहरूले बालबालिकालाई कुनै हानि नगरेको बताइन् । अधिकारीहरूले परिवारलाई सुरक्षा योजना दिए।

आफूहरू फेरि आउने पनि भनेका थिए । यी मानिसहरू १४ सेप्टेम्बरमा आउने थिए, अर्थात् बच्चालाई मुसाले टोकेको एक दिन अघि। अहिले सबै बालबालिका बाल सेवा विभागको रेखदेखमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकामा निवेदन
राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकामा निवेदन
Various Reasoned Explanations Why You Should Always Make Use Of A free dissertation samples papersdude. com
माओवादी केन्द्रका अध्यक्ष कांग्रेसमा प्रवेश
माओवादी केन्द्रका अध्यक्ष कांग्रेसमा प्रवेश
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
बाढीपीडितका लागि राष्ट्रपतिबाट एक महिनाको तलब सहयोग
बाढीपीडितका लागि राष्ट्रपतिबाट एक महिनाको तलब सहयोग
आज दुई बजेपछि भरतपुर फैसला
आज दुई बजेपछि भरतपुर फैसला
बजेट प्रचारमुखी भन्दा यथार्थपरकः अर्थमन्त्री आले
बजेट प्रचारमुखी भन्दा यथार्थपरकः अर्थमन्त्री आले
चुनावीसभामा सहभागि हुन प्रचण्ड परिवारका साथ चितवनमा
चुनावीसभामा सहभागि हुन प्रचण्ड परिवारका साथ चितवनमा
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो