जग्गा भाडामा दिंदा ५ अर्ब घोटला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
जग्गा भाडामा दिंदा ५ अर्ब घोटला

सारांश

  • काठमाडौं – नेपाल ट्रस्टको कार्यालयले दरबारमार्गको जग्गा भाडामा दिँंदा ५ अर्ब रुपैयाँ अनियमितता गरेको छ ।
  • ट्रस्टका सचिवले गरेको निर्णयलाई एक सहसचिवले लत्याउँदै ५ अर्ब रुपैयाँ घोटाला गरेको ठहर महालेखा परीक्षकको प्रतिवेदनले गरेको छ।
  • सचिव नेतृत्वको आर्थिक प्रस्ताव मूल्यांकन समितिले २०७३ असोज १९ मा निर्माण र लिज भाडासहित ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रुपैयाँको प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको थियो।

काठमाडौं – नेपाल ट्रस्टको कार्यालयले दरबारमार्गको जग्गा भाडामा दिँंदा ५ अर्ब रुपैयाँ अनियमितता गरेको छ । ट्रस्टका सचिवले गरेको निर्णयलाई एक सहसचिवले लत्याउँदै ५ अर्ब रुपैयाँ घोटाला गरेको ठहर महालेखा परीक्षकको प्रतिवेदनले गरेको छ।

सचिव नेतृत्वको आर्थिक प्रस्ताव मूल्यांकन समितिले २०७३ असोज १९ मा निर्माण र लिज भाडासहित ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रुपैयाँको प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको थियो। तर, ट्रस्टले १ अर्ब ५९ करोड ४० लाख ५२ हजार रुपैयाँमा सम्झौता गरी ५ अर्ब घोटाला गरेको हो।

जग्गा भाडामा दिनका लागि संरचना बनाउन ट्रस्टले बोलपत्र आह्वान गरेको थियो। परेका बोलपत्र प्रस्ताव दुई महिनामा खोलियो। नियमअनुसार ९० दिनभित्र प्रस्ताव स्वीकृत गरिसक्नुपर्ने थियो। परेका बोलपत्रको म्याद गुजारी ९ महिनापछि कानुनविपरीत पहुँचको फर्मको प्रस्ताव स्वीकृत गरी यति ठूलो रकम घोटाला गरिएको हो। ट्रस्ट सञ्चालक समितिको २०७१ साउन २८ मा बसेको ३१औं बैठकले करिब १ रोपनी १४ आना जग्गा भाडामा दिने प्रस्ताव स्वीकृत गरेको थियो। एक सहसचिवको मनोमानीमा साढे १ अर्ब रुपैयाँमा यससम्बन्धी सम्झौता भएको थियो।

सचिवस्तरबाट भएको निर्णयभन्दा फरक निर्णय सहसचिवले गर्नु कानुनविपरीत भएको ठहरसहित महालेखाको प्रतिवेदनमा अनियमितता गर्नेलाई तुरुन्त छानबिन गरी कानुनको दायरामा ल्याउन सुझाइएको छ। यसरी निर्णय गर्ने सचिव र सहसचिव को थिए भन्ने भने प्रतिवेदनमा खुलाइएको छैन।

भाडामा दिनुअघि संरचना बनाउन ३ वर्ष लाग्ने अनुमानसहित व्यावसायिक प्रयोगका लागि २७ वर्ष गरी ३० वर्षेको भाडासम्बन्धी कागजातसमेत स्वीकृत गरिएको थियो। संरचना बनाउन २० करोड लाग्ने अनुमान गरिएको थियो। उक्त भौतिक संरचनाबाट न्यूनतम मासिक ३७ लाख भाडा आउने सर्तसहित २०७३ असार १४ मा बोलपत्र प्रस्ताव माग गरिएको थियो।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव कायमै, यस्तो रहनेछ आजको मौसम
देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव कायमै, यस्तो रहनेछ आजको मौसम
महिला उद्यमीद्वारा उत्पादित सामग्रीको १५ लाख बढीको कारोबार
महिला उद्यमीद्वारा उत्पादित सामग्रीको १५ लाख बढीको कारोबार
मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा
मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा
नवराज सिलवाललाई खुल्ला पत्र: मानौ तपाई एउटा ठुलै अपराधी हो ?
नवराज सिलवाललाई खुल्ला पत्र: मानौ तपाई एउटा ठुलै अपराधी हो ?
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा
रणनीतिक महत्वको त्रिशूली थ्री बी सवस्टेशन : लोभलाग्दो प्रगति
रणनीतिक महत्वको त्रिशूली थ्री बी सवस्टेशन : लोभलाग्दो प्रगति
धनगढी प्रिमियर लिग माघमा, रुस्लानसँग प्रायाेजन सम्झाैता
धनगढी प्रिमियर लिग माघमा, रुस्लानसँग प्रायाेजन सम्झाैता
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
पर्यटकलाई लोभ्याउने काउँलेडाँडाको अम्रिसो
पर्यटकलाई लोभ्याउने काउँलेडाँडाको अम्रिसो
IIFA ROCKS 2018: Anil Kapoor, Karan Johar, Iulia Vantur and others graced the event!
IIFA ROCKS 2018: Anil Kapoor, Karan Johar, Iulia Vantur and others graced the event!

तपाईंले छुटाउनुभयो कि?