जनार्दनको लाइन समाउँदै उर्जामन्त्री : भन्छन्– ढुक्क हुनुस्, यो हिउँदमा लोडसेडिङ हुन दिन्नौं
सारांश
- काठमाडौं ।
- उर्जामन्त्री महेन्द्र बहादुर शाहीले यसपटक हिउँदमा कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने बताएका छन् ।
- मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शाहीले यो हिउँदमा घरयासी प्रयोजनका लागि मात्रै नभई औद्यागिक क्षेत्रमा पनि लोडसेडिङ हुन नदिने बताए ।
काठमाडौं । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले यसपटक हिउँदमा कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शाहीले यो हिउँदमा घरयासी प्रयोजनका लागि मात्रै नभई औद्यागिक क्षेत्रमा पनि लोडसेडिङ हुन नदिने बताए ।
ढुक्क हुनुस्, यो हिउँदमा हामी उद्योगहरुमा समेत लोडसेडिङ हुन दिने छैनौं, मन्त्री शाहीले भने, ‘त्यसका लागि हामी योजनाहरु बनाउँदै छौं, तर ती योजनामा कुनै पक्षबाट पनि अवरोध भने हुनुहुँदैन ।’
योजनाहरुमा अवरोध भए त्यसलाई चिरेर भए पनि लोडसेडिङ हटाउने मन्त्री शाहीले प्रतिबद्धता जनाए । उनले वितरण प्रणालीमा सुधार र विद्युत चुहावट नियन्त्रण आफूहरूले जोड दिने बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया