जन्ती चढेकाे जिप दुर्घटना हुँदा बेहुला-बेहुलीसहित २१ घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जन्ती चढेकाे जिप दुर्घटना हुँदा बेहुला-बेहुलीसहित २१ घाइते

सारांश

  • बनेपा ।
  •  रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
  • प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार बिहीबार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

बनेपा । रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार बिहीबार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा सवार रामेछाप खाँडादेवी गाउँपालिका–१ की २१ वर्षीया बेहुली स्विकृति तामाङको बाया हातमा तथा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ का २२ वर्षीय बेहुला लक्ष्मण तामाङको ढाड र छातीमा चोट लागेको छ । बलेफी गाउँपालिका–६ का चालक प्रेम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?