जबर्जस्ती करणीका आरोपित फरार व्यक्ति पक्राउ
सारांश
- सुर्खेत, ५ पुस , जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठह¥याएको एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी टीका साउदका छोरा ५४ वर्षीय वासुदेव साउद हुन् ।
- सुर्खेत जिल्ला अदालतले उनलाई जबर्जस्ती करणीको आरोपमा दोषी ठहर गरी पाँच वर्षको जेल सजाय तोकेको थियो ।
सुर्खेत, ५ पुस , जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठह¥याएको एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी टीका साउदका छोरा ५४ वर्षीय वासुदेव साउद हुन् । सुर्खेत जिल्ला अदालतले उनलाई जबर्जस्ती करणीको आरोपमा दोषी ठहर गरी पाँच वर्षको जेल सजाय तोकेको थियो ।
विशेष अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया