जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १८, २०७३
|
|
१३९ पटक हेरिएको
Shares
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय छुवाछुत, भेदभाव र हिंसा गर्नेप्रति सरकार पूर्ण रुपमा कठोर बन्ने र दोषीमाथि कडा कारबाही गरेरै छाड्ने बताउनुभएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको जातीय भेदभाव तथा छुवाछुत उन्मूलन कार्यान्वयन उच्चस्तरीय समितिको बैठकमा प्रधानमन्त्रीले एक्काइसौँ शताब्दीमा पनि जातीय हिंसा गर्ने विषय क्षम्य हुन नसक्ने उल्लेख गर्दै कुनै पनि मूल्यमा त्यस्ता गैरकानुनी काम गर्नेलाई छुट नदिइने स्पष्ट गर्नुभयो ।
  • बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “आजको विकसित समाजमा पनि जातीय भेदभाव र दलितमाथिको हिंसा रोकिएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय छुवाछुत, भेदभाव र हिंसा गर्नेप्रति सरकार पूर्ण रुपमा कठोर बन्ने र दोषीमाथि कडा कारबाही गरेरै छाड्ने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको जातीय भेदभाव तथा छुवाछुत उन्मूलन कार्यान्वयन उच्चस्तरीय समितिको बैठकमा प्रधानमन्त्रीले एक्काइसौँ शताब्दीमा पनि जातीय हिंसा गर्ने विषय क्षम्य हुन नसक्ने उल्लेख गर्दै कुनै पनि मूल्यमा त्यस्ता गैरकानुनी काम गर्नेलाई छुट नदिइने स्पष्ट गर्नुभयो ।

बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “आजको विकसित समाजमा पनि जातीय भेदभाव र दलितमाथिको हिंसा रोकिएको छैन । यो लज्जास्पद विषय हो । सरकार यस्ता हिंसा सहेर बस्न सक्दैन । हामीले कठोरतापूर्वक संविधान र कानुनमा भएको व्यवस्था कार्यान्वयन मात्र गर्न सके पनि हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायले न्यायको अनुभूति गर्न सक्छन् ।”

प्रधानमन्त्रीले परिवर्तनको राप ताप कमजोर हुँदै गएपछि सामन्ती सोच र संस्कारले टाउको उठाउँदै गएको भन्दै त्यसविरुद्ध सामाजिक जागरण अभियान र कठोर कानुनी उपचार जरुरी रहेकामा जोड दिनुभयो ।

मुख्य सचिव डा सोमलाल सुवेदीले स्थानीय प्रशासनले कुनै पनि प्रभाव र दबाबमा अपराधी छाड्न नहुने बताउनुभयो । दलित नेता तथा अगुवा तिलक परियार, विनोद पहाडी, चूडामणि जङ्गली, मानवबहादुर विकलगायतले कानुन कार्यान्वयनमा देखिएको जटिलताका कारण जातीय हिंसा र छुवाछुतले प्रश्रय पाएको बताउनुभएको थियो ।

(https://sharonsteelerealestate.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?