जायज मागलाई सम्बोधन नगरी निर्वाचन गए मुलुकमा ठूलो दुर्घटना हुने :सुजाता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७३
|
|
१४८ पटक हेरिएको
Shares
जायज मागलाई सम्बोधन नगरी निर्वाचन गए मुलुकमा ठूलो दुर्घटना हुने :सुजाता

सारांश

  • नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मधेसी मोर्चालाई पनि सँगै लिएर निर्वाचनमा जानुपर्ने बताएकी छन् ।
  • जायज मागलाई सम्बोधन नगरी निर्वाचन गए मुलुकमा ठूलो दुर्घटना हुन सक्ने उनको चेतावनी छ ।
  • भक्तपुरमा आयोजित साक्षातकारमा कोइरालाले मोर्चालाई मनाउन सरकारी प्रयास कमजोर भएको टिप्पणी गरिन् ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मधेसी मोर्चालाई पनि सँगै लिएर निर्वाचनमा जानुपर्ने बताएकी छन् । जायज मागलाई सम्बोधन नगरी निर्वाचन गए मुलुकमा ठूलो दुर्घटना हुन सक्ने उनको चेतावनी छ ।


भक्तपुरमा आयोजित साक्षातकारमा कोइरालाले मोर्चालाई मनाउन सरकारी प्रयास कमजोर भएको टिप्पणी गरिन् । उनले सरकारको कमजोर सुरक्षा नीतिका कारण ४ जनाको मृत्यु हुने गरी सप्तरी घटना भएको दाबी गरिन् ।

राजनीतिक दलहरुकै कारण राष्ट्र कमजोर भएको भन्दै कोइरालाले मुलुकको आर्थिक विकासका लागि सबै दल एकजुट भएर अघि बढ्नपर्नेमा जोड दिइन् । सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले देशको परराष्ट मामिला अत्यन्त कमजोर भएको टिप्पणी गरिन् ।

देशको विषम परिस्थितिमा पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक गर्न नसक्नु दुःखद भएको भन्दै केन्द्रीय सदस्य कोइरालाले पार्टीभित्र छलफलको अभाव भएकोप्रति चिन्ता व्यक्त गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?