जुवामा हारिसकेपछि पत्नी नै बन्दकी, जितेकाले जबरजस्ती बलात्कार
सारांश
- नयाँ दिल्ली – भारतको पीथमपुरमा किशोर नाम गरेका एक युवकले जुवामा नगद तथा अचल सम्पती हारिसकेपछि पत्नी नै बन्दकी राखी जुवा खेलेका छन् ।
- जुवामा पत्नी नै हारिसकेपछि उनकी पत्नीलाई जित्ने दुई व्यक्तिहरूले श्रीमतीलार्इ सामूहिक बलात्कार गरेको उनकी पत्नीले प्रहरी सामु बताइन् ।
- पीडित महिला ४ छोराछोरीकी आमा भएको प्रहरीले बताएको छ ।
नयाँ दिल्ली – भारतको पीथमपुरमा किशोर नाम गरेका एक युवकले जुवामा नगद तथा अचल सम्पती हारिसकेपछि पत्नी नै बन्दकी राखी जुवा खेलेका छन् ।
जुवामा पत्नी नै हारिसकेपछि उनकी पत्नीलाई जित्ने दुई व्यक्तिहरूले श्रीमतीलार्इ सामूहिक बलात्कार गरेको उनकी पत्नीले प्रहरी सामु बताइन् । पीडित महिला ४ छोराछोरीकी आमा भएको प्रहरीले बताएको छ ।
उनीमाथि सामूहिक बलात्कार गरेका उनीहरूले नै उनका श्रीमान्ले उनलाई जुवामा हारेको बताएका थिए । आफ्नै घरमा बलात्कृत भएकी उनी भन्छिन् ‘जब मेरा श्रीमान् घरमा थिएनन् उनीहरू आएर छोराछोरीलाई जर्बजस्ती बाहिर निकालेर तिम्रा श्रीमान्ले जुवामा तिमीलाई हारिसकेका छन् अब देखि तिमी हाम्री भयौ भने ।’
त्यस पश्चात् म माथि जर्बजस्ती बलात्कार गरे पीडिले भनिन् । उक्त घटना पश्चात् अलग्एिर बसे पनि उनी माथि दिनहुँ जस्तो श्रीमान् र ती पुरूषहरू बाटे अनेकौ दबाब आउन थालेपछि प्रहरी समक्ष उजुरी दिनका लागि बाध्य भएको पीडितले बताइन्।
पीडितले भनिन् छोरीलाई समेत जुवामा बन्दक बनाउने धम्की श्रीमान्बाट आउन थाले पछि नै प्रहरी समक्ष आउनका लागि बाध्य भए । पीडित महिलाको बयानको आधारमा घटनाबारे छानविन थालिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया