जेठ २१ मा प्रधानमन्त्रीको निर्वाचन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०७४
|
|
१५ पटक हेरिएको
Shares
जेठ २१ मा प्रधानमन्त्रीको निर्वाचन

सारांश

  • १८ जेठ, काठमाडौं ।
  • व्यवस्थापिका संसद सचिवालयले जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी गरेको छ ।
  • भरतपुरमा मतपत्र च्यातिएको विरोधमा प्रमुख विपक्षी एमालेले लगातार दुई दिनदेखि संसद अवरुद्ध पार्दै आएको छ ।

१८ जेठ, काठमाडौं । व्यवस्थापिका संसद सचिवालयले जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी गरेको छ ।

भरतपुरमा मतपत्र च्यातिएको विरोधमा प्रमुख विपक्षी एमालेले लगातार दुई दिनदेखि संसद अवरुद्ध पार्दै आएको छ । बिहीबार पनि एमालेले संसद अवरुद्ध गरेका कारण बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति विद्या भण्डारीले गरेको आहृवान संसदमा पेश हुन सकेन ।

संसदको अर्को बैठक २१ गतेलाई राखिएको छ ।

तर, बहुमतीय सरकार गठन गर्न आहृवान गरिएको जानकारी सूचना टाँसेर दिने संसद सचिवालयको तयारी छ । भोलि सभामुखले कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेपछि सूचना निकालिन सचिवालयले नजाएको छ ।

सम्भवत पर्सि शनिबार उम्मेदवारी दर्ता र आइतबार निर्वाच गराउने तयारी छ ।

निर्वाचन कार्यक्रम सार्वजनिक गर्न र उम्मेदवारी दर्तालाई सदन अवरोधले रोक्दैन । तर, प्रधानमन्त्री चयनका लागि मतदान गर्न भने सदनको अवरोध हट्नुपर्छ ।
भरतपुर प्रकरण टुंगियो भने २१ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् ।

सत्तारुढ माओवादी र फोरम लोकतान्त्रिक सहितका दलले देउवालाई समर्थन गर्ने बताइसकेका छन् । प्रमुख विपक्षी एमालेले भने उम्मेदवारी दिने नदिने केही बताएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?