झापामा वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरे
सारांश
- झापा जिल्लामा यस वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेका छन् ।
- सात लाख ३३ हजार नागरिकलाई हात्तीपाइलेविरुद्ध औषधि खुवाइने लक्ष्य राखिए पनि करिब पाँच लाख ८४ हजार चारसयजनाले औषधि सेवन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
- गत वर्ष अभियानका क्रममा ७३ प्रतिशत मानिसले औषधि सेवन गरेकामा यस वर्ष सात प्रतिशत वृद्धि भएको हो| झापामा गत चैत १७, १८ र १९ गते सञ्चालन भएको अभियानमा चारहजार बुथबाट हात्तीपाइलेविरुद्ध औषधि वितरण गरिएको थियो जसका लागि तीनहजार सातसय ८६ जना स्वयम्सेवक र चारसय स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।
झापा जिल्लामा यस वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेका छन् ।
सात लाख ३३ हजार नागरिकलाई हात्तीपाइलेविरुद्ध औषधि खुवाइने लक्ष्य राखिए पनि करिब पाँच लाख ८४ हजार चारसयजनाले औषधि सेवन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
गत वर्ष अभियानका क्रममा ७३ प्रतिशत मानिसले औषधि सेवन गरेकामा यस वर्ष सात प्रतिशत वृद्धि भएको हो|
झापामा गत चैत १७, १८ र १९ गते सञ्चालन भएको अभियानमा चारहजार बुथबाट हात्तीपाइलेविरुद्ध औषधि वितरण गरिएको थियो जसका लागि तीनहजार सातसय ८६ जना स्वयम्सेवक र चारसय स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Pabin Shahi
खुसि लाग्यो रोग लाग्नु भन्दा रागको बाटो छेक्नु बेस