टर्कीमा ६ शताब्दी पुरानो मस्जिदलाई स्थानान्तरण गरियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
२० पटक हेरिएको
Shares
टर्कीमा ६ शताब्दी पुरानो मस्जिदलाई स्थानान्तरण गरियो

सारांश

  • टर्की, १२ पुस ।
  • टर्कीमा ६ शताब्दी पुरानो मस्जिद स्थानान्तरण गरिएको छ ।
  • ऐतिहासिक महत्वको सो मस्जिदलाई नभत्काइ अर्को ठाउँमा सारिएको हो ।

टर्की, १२ पुस । टर्कीमा ६ शताब्दी पुरानो मस्जिद स्थानान्तरण गरिएको छ । ऐतिहासिक महत्वको सो मस्जिदलाई नभत्काइ अर्को ठाउँमा सारिएको हो ।

करिब दुई किलोमिटर पर उक्त मस्जिदलाई सार्न एउटा रोबोट यन्त्र प्रयोग गरिएको थियो । ३०० पांग्रा भएको सो यन्त्रले मस्जिदका तीन अलग अलग भागलाई क्रमशः स्थानान्तरण गरेको हो ।

१५ औं शताब्दीमा निर्माण भएको उक्त मस्जिद टर्कीको हसनकीफ सहरमा विशाल बाँध निर्माण हुने भएपछि स्थानान्तरण गरिएको हो । न्यू कल्चर पार्क फिल्डमा उक्त मस्जिदलाई सकुशल स्थानान्तरण गरिएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?