ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १४, २०७३
|
|
१९० पटक हेरिएको
Shares
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिको आलोचना गरिरहेका अमेरिकी मिडियाका सम्बाददातालाई ह्वाइट हाउसमा प्रवेश रोक लगाइएको छ ।
  • शुक्रबार ह्वाइट हाउसका प्रवक्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा सीएनएन, बीबीसी, न्यूयोर्क टाइम्स, गार्जियन लगायतका चर्चित मिडियाका बरिष्ठ सम्बाददातालाई ह्वाइट हाउस प्रवेशमा रोक लगाइयो ।
  • ट्रम्पका नीतिप्रति उदारभाव राख्ने मिडियालाई मात्र छानीछानी पत्रकार सम्मेलनमा प्रवेश दिइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिको आलोचना गरिरहेका अमेरिकी मिडियाका सम्बाददातालाई ह्वाइट हाउसमा प्रवेश रोक लगाइएको छ ।


शुक्रबार ह्वाइट हाउसका प्रवक्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा सीएनएन, बीबीसी, न्यूयोर्क टाइम्स, गार्जियन लगायतका चर्चित मिडियाका बरिष्ठ सम्बाददातालाई ह्वाइट हाउस प्रवेशमा रोक लगाइयो । ट्रम्पका नीतिप्रति उदारभाव राख्ने मिडियालाई मात्र छानीछानी पत्रकार सम्मेलनमा प्रवेश दिइएको थियो ।

ह्वाइट हाउसका बिषयमा बर्षौंदेखि रिपोर्टिङ गरिरहेका बरिष्ठ सम्बाददाताहरुलाई पत्रकार सम्मेलन कक्षभित्र प्रवेश गर्ने क्रममा सूचीमा उनीहरुको नाम नभएको भन्दै रोकिएको थियो । ह्वाइट हाउसको अपमानजनक नीतिप्रति असन्तुष्टि जनाउँदै प्रवेश दिइएका केही मिडियाले पनि पत्रकार सम्मेलन बहिस्कार गरेर बाहिरिए ।

‘ह्वाइट हाउसको अस्वीकार्य ब्यबहार हो,’ सीएनएनले बिज्ञप्ति जारी गर्दै भनेको छ, ‘उनीहरुलाई मन नपर्ने तथ्यहरु प्रकाशन गर्दा ट्रम्प प्रशासनले कस्तो ब्यबहार गर्छ भन्ने यो बलियो उदाहरण हो । तर हामी रिपोर्टिङ गरिरहन्छौं ।’

रिपोर्टिङका दौरान ह्वाइटहाउसबाट अहिलेसम्म यस्तो निच ब्यवहार कहिल्यै नभोगेको भन्दै अन्य मिडियाहरुले पनि आलोचना गरेका छन् ।

ट्रम्पका नीतिको आलोचना गरेका मिडियाहरुलाई ट्रम्पले सार्वजनिक रुपमै ‘फेक न्यूज मिडिया’ अर्थात नक्कली समाचार छाप्ने मिडिया भन्दै सार्वजनिक रुपमै आलोचना गर्दै आएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?