ट्रायलका लागि बिमल स्पेन जाँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २, २०७३
|
|
२२८ पटक हेरिएको
Shares
ट्रायलका लागि बिमल स्पेन जाँदै

सारांश

  • युरोपमा अवसरको खोजी गरिरहेका युवा फुटबलर बिमल घर्ती मगर सोमबार बेल्जियम उड्दैछन् ।
  • पछिल्लो दुई बर्षदेखि बेल्जियम, नेदरल्याण्ड्सका क्लबहरुमा ट्रायल दिएरहेका उनको व्यक्तिगत सिकाइ र खेल कौशलमा निखारतामा मद्दत गरेको छ ।
  • तर, उनको करियरमा कुनै ब्रेक थ्रू भने हुन सकेको छैन ।

युरोपमा अवसरको खोजी गरिरहेका युवा फुटबलर बिमल घर्ती मगर सोमबार बेल्जियम उड्दैछन् ।

पछिल्लो दुई बर्षदेखि बेल्जियम, नेदरल्याण्ड्सका क्लबहरुमा ट्रायल दिएरहेका उनको व्यक्तिगत सिकाइ र खेल कौशलमा निखारतामा मद्दत गरेको छ । तर, उनको करियरमा कुनै ब्रेक थ्रू भने हुन सकेको छैन ।

यो पटक भने उनीले केही अपेक्षा गरेका छन् । उमेर समूह लगायत राष्ट्रिय टोलीबाट खेल्नुपर्ने भएपछि युरोपमा समय दिन नसकेको उनको बुझाइ छ । ‘यसअघि एण्डरलेच्ट, रेसिङ गेकमा ट्रायल दिएँ, तर अण्डर सिक्स्टिन, नाइन्टिन, साफ, साग जस्ता प्रतियोगिताहरु लगातार परेपछि उता समय दिन पाइनँ’ बिमलले भने ।

सोलिडारिटी कप जितेपछि राष्ट्रिय टिमको छुट्टीमा रहेका उनी सोमबार बेल्जियम उँड्दैछन् । त्यहाँबाट स्पेन जानेछन् । एजेन्ट लुइसको पहलमा उनले स्पेनको एकेडेमी क्लब मार्वेला युनाइटेडमा ट्रायल दिनेछन् ।

‘यसपटक युरोपमा लामो समय बिताउने सोचमा छु, राष्ट्रिय टिमबाट खेल्नका लागि यता आएपनि लगत्तै फर्किनेछु’ बेल्जियम उड्नु अघिल्लो दिन बिमलले भने । नेपालले २०१७ को मार्चमा एशियन कप छनौट खेल्नेछ ।

मार्वेला त्यही क्लब हो, जहाँ नेपाली खेलाडीहरु अञ्जन विष्ट र अनन्त तामाङले गत बर्ष ट्रायल तथा प्रशिक्षण गरेका थिए ।

अञ्जन ट्रायलका लागि अहिले स्पेनमै छन् ।

ट्रायल दुई महिनाको हुनेछ । यसबीचमा क्लवका टूरहरु पनि हुनसक्ने बिमलले बताए । उनले भने, ‘यो भन्दा अगाडिका ट्रयलहरुमा पनि मैले राम्रो रेस्पोन्स पाएको थिएँ, अहिले फेरि जाँदैछु, यस पटक पनि राम्रो हुनेछ भन्ने विश्वास छ ।’

एक बर्षअघि छोटो समय नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्स अहिले मार्बेलाका प्रशिक्षक छन् ।

लगातारको प्रतियोगिताले युरोपियन क्लबका ट्रायलहरुमा असर परेपनि राष्ट्रिय टोलीबाट भने बिश्राम लिने योजना बिमलको छैन । ‘मनदेखि आफ्नो देशको टोली छोड्न मन लाग्दैन । राष्ट्रिय टोलीबाट खेल्दा छुट्टै अनुभव हुन्छ, रेस्पेक्ट पाइन्छ’ उनले भने ।

बिमल अहिले १९ बर्षका भए । युरोपेली फुटबलको नियम अनुसार उनले कुनै क्लवमा आवद्धताका लागि प्रयास गर्ने समय अब एक बर्षमात्र बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ
सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ
राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह
राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह
गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !
गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !
देउवा र प्रचण्डलाई ठुलो झटका:नवराज सिलवाललाई आइजीपी बनाउन सर्बोच्च परमादेश
देउवा र प्रचण्डलाई ठुलो झटका:नवराज सिलवाललाई आइजीपी बनाउन सर्बोच्च परमादेश
बैशाख २४ गते शनिवारको राशिफल यस्तो छ
बैशाख २४ गते शनिवारको राशिफल यस्तो छ
भारतः विश्वकप क्रिकेट यात्राबाट बाहिरिएपछि कोहलीले के भने
भारतः विश्वकप क्रिकेट यात्राबाट बाहिरिएपछि कोहलीले के भने
ओली गाँठाे पार्ने, प्रचण्ड फुकाउने, बामदेव कस्ने, माधव नेपाल हेरेर बस्ने: आजका हेडलाईनहरु
ओली गाँठाे पार्ने, प्रचण्ड फुकाउने, बामदेव कस्ने, माधव नेपाल हेरेर बस्ने: आजका हेडलाईनहरु
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर
नेपाल र भारतको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
नेपाल र भारतको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
गृहमन्त्री बादलको निशानामा विप्लवदेखि सिके राउतसम्म, लिदैंछन् यस्तो ‘एक्सन’
गृहमन्त्री बादलको निशानामा विप्लवदेखि सिके राउतसम्म, लिदैंछन् यस्तो ‘एक्सन’

तपाईंले छुटाउनुभयो कि?