ठूला पार्टी जनताबाट टाढा भइसके : लिङ्देन

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ५, २०७९
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसकेको बताएका छन्।
  •  सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरुबाट देशको सुधार र विकास सम्भव नभएको समेत बताए।
  • उनले ठूला दलहरु असफल भइसकेको अवस्थामा देशको नयाँ विकल्प राप्रपा भएको दाबी गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसकेको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरुबाट देशको सुधार र विकास सम्भव नभएको समेत बताए।

उनले ठूला दलहरु असफल भइसकेको अवस्थामा देशको नयाँ विकल्प राप्रपा भएको दाबी गरे। पछिल्लो समय आम जनतामा राप्रपा प्रति नयाँ आशा र विश्वास बढ्दै गएको उनको भनाइ छ । उनले राप्रपाप्रति राखेको भरोसा टुट्न नदिने प्रतिवद्धता जनाए। पार्टी प्रवेशको सार्वजनिक आह्वान गरेको राप्रपाले सोमबार विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?