डडेल्धुराका सबै तहको मतपरिणाम सार्वजनिक, कुन तहमा कसको जित ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
३९ पटक हेरिएको
Shares
डडेल्धुराका सबै तहको मतपरिणाम सार्वजनिक, कुन तहमा कसको जित ?

सारांश

  • डडेल्धुरा, असार १८ – प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
  • कहाँ कसको जित ?
  • अमरगढी नगरपालिका अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपीन) र संगीता भण्डारी विजयी हुनु भएको छ ।

डडेल्धुरा, असार १८ – प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

कहाँ कसको जित ?

अमरगढी नगरपालिका

अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपीन) र संगीता भण्डारी विजयी हुनु भएको छ ।

एमाले उम्मेदवार विश्वेवरप्रसाद ओझा ३ हजार ७ सय ६८ मत ल्याई विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीले ३ हजार ६ सय ४० मत ल्याउनु भएको हो ।

यस्तै माओवादी केन्द्रका उम्मेदवार शोभा भट्टले ३ सय ३९ मत ल्याउनु भयो । उपाध्यक्षमा विजयी भण्डारीले ३ हजार ५१७ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रसकी पार्वती झुकालले ३ हजार २६९ मत ल्याईन्, भने माओवादीका करुणाकर ओझाले ७ सय १७ मत ल्याउनुभयो ।

अमरगढी नगरपालिकाका कुल मतदाता ११ हजार ७ सय ८३ मध्ये ८ हजार ७ सय मत मात्रै खसेको थियो । अमरगढी नगरपालिकामा एमालेले ४, ५, ७, ९, १० र ११ वडामा जित हासिल गरेको छ । १, २, ३, ६ र ८ नम्बर वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

परशुराम नगरपालिका

परशुराम नगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका भीमबहादुर साउद र उपप्रमुखमा पनि कांग्रेसकै कलापतिदेवी बोहरा विजयी हनुभएको  हो । साउदले ४ हजार ६ सय २९ मत ल्याउनु भयो  ।

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरसिंह मालले ४ हजार ८८ मत ल्याउनुभयो । उपप्रमुख निर्वाचित बोहराले ४ हजार २१३ ल्याउनु भयो भने माओवादी केन्द्रका विमला महताले ३ हजार ६३८ मत ल्याउनुभयो ।

प्रमुखमा निर्वाचित साउँद नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् निर्माण व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ । परशुराम नगरपालिकामा माओवादी केन्द्रले ६, कांग्रेसले ४ र एमालेले २ वडामा जितेको छ ।

आलिताल गाउँपालिका

आलिताल गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । कांग्रेसका बलबहादुर गुरुङ २२६१ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

प्रतिद्वन्दी माओवादी केन्द्रका जगत पार्कीले २०९८ मत ल्याउनुभयो । कांग्रेसकी ज्वालादेवी बोगटी २२४२ मत ल्याएर उपाध्यक्ष निर्वाचित हुदाँ उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सुशीला खत्रीले १ हजार ९ सय ९४ मत ल्याउनुभयो ।

भागेश्वर गाउँपालिका

भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । गाउँपालिकामा नेपाली कांग्रेसकी उम्मेदवार कौशिला भट्ट विजयी हुनुभयो ।

भट्टले २००७ मत ल्याउनुभयो भने उहाँका प्रतिद्वन्दी एमालेका विष्णु ठकुराठीले १८४४ मत ल्याउनुभयो । कांग्रेसकै पदम बोहरा १८४४ मत ल्याएर उपाध्यक्षमा विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी एमालेकी कमला मालीले १४९५ ल्याउदा पनि जित्न सक्नु भएन ।

गन्यापधुरा गाउँपालिका

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिकाकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार नवल मल्ल ३ हजार ३६९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभयो ।

प्रतिद्वन्द्वी एमालेका वीरेन्द्र मल्लले १९४६ मत ल्याउनुभयो । उपाध्यक्षमा कमला ठगुन्ना ३ हजार ४०७ मत ल्याएर विजयी हुदाँ उहाँका प्रतिद्वन्द्वी एमालेका कृष्णा ओझाले १८७३ मत पाउनुभयो ।

अजयमेरु गाउँपालिका

अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेका छ । अध्यक्षमा उमेश भट्ट ‘विकास’ले २६९० मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार लोकराज भट्टले १७८० मत ल्याएर पनि पराजित हुनुभयो ।

माओवादी केन्द्रकी कलावती भाण २१७१ ल्याएर उपाध्यक्षमा विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार किशोर बिष्टले १८०३ मत ल्याउनुभयो । कांग्रेसले टिकट नदिएपछि भट्ट र बिष्टले ‘बागी’ उम्मेदवारी दिनु भएको थियो ।

नवदुर्गा गाउँपालिका

नवदुर्गा गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भयो । एमालेका कविन्द्र विष्ट २९६९ मत ल्याएर अध्यक्षमा विजयी हुनु भएको हो ।

प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मी अवस्थीले दुई हजार ७४३ मत ल्याउनुभयो । कांग्रेसकी उम्मेदवार डम्बरी वलीले तीन हजार ४ मत ल्याएर उपाध्यक्षमा विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार जयन्ती बुडाऐरले दुई हजार २७८ मत ल्याउनुभयो ।

५२ वडा रहेको डडेल्धुरामा एमालेले सबैभन्दा बढी १९ मा जित हासिल गर्यो भने नेपाली कांग्रेसले १७ र माओवादी केन्द्रले १६ मा जीतेको छ ।

सार्वजनिक मतपरिणाम अनुसार कांग्रेस चार, एमाले दुई र माओवादी केन्द्र एक तहमा विजयी भएका छन् । नेपाली कांग्रेसले जिल्लाको एक नगर र तीन गाउँपालिकामा जितेको छ । यस्तै एमालेले एक नगर र दुई गाउँपालिकामा जित हात पारेको छ भने माओवादी केन्द्र एक गाउँपालिकामा विजयी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा
दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा
तालिवानद्वारा अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या
तालिवानद्वारा अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे खबर भ्रम भएको खुलसा
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे खबर भ्रम भएको खुलसा
श्रीलंकामा चरम आर्थिक संकट, हिंसा भड्किए पछि देश्भर संकटकाल
श्रीलंकामा चरम आर्थिक संकट, हिंसा भड्किए पछि देश्भर संकटकाल
अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश ट्रम्प प्रशासनद्वारा फिर्ता
राप्रपाको पार्टी कार्यालय पशुपति सम्शेर समूहद्धारा कब्जा
राप्रपाको पार्टी कार्यालय पशुपति सम्शेर समूहद्धारा कब्जा
इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने
इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने
आजको राशिफलमा के छ तपाइँको !
आजको राशिफलमा के छ तपाइँको !
उत्तरगंगाको लाइसेन्स रद्द गराउन प्राधिकरणको खेल
उत्तरगंगाको लाइसेन्स रद्द गराउन प्राधिकरणको खेल
भक्तपुरको खरिपाटी क्वारेन्टिनबाट एक कोरोना संक्रमित फरार