डा.ओजस्वी मिसेस् नेपाल कल्चर घोषित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३, २०८०
|
|
४९ पटक हेरिएको
Shares
डा.ओजस्वी मिसेस् नेपाल कल्चर घोषित

सारांश

  • काठमाडौं।
  • ‘मिसेस् नेपाल कल्चर २०२३’ डा.
  • ओजस्वी शेरचन घोषित भएकी छन्।

काठमाडौं। ‘मिसेस् नेपाल कल्चर २०२३’ डा. ओजस्वी शेरचन घोषित भएकी छन्। ३५ प्रतिस्प्रर्धिलाईपछि पार्दै शिर्ष उपाधि चुमेकी उनले पब्लिक च्वाइस विधाको समेत उपाधि हात पारिन्। डा. ओजस्वीलाई प्रतियोगिताका ब्रान्ड एम्बेसडर प्रथम मिस नेपाल रुबी राणाले ताज पहिर्‍याएकी थिइन्।

जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य कार्यक्रमकाबीच आयोजित प्रतियोगीतामा डा. अंकिता ठाकुरले फस्ट रनर अपसँंगै डाइनामिक विधाको अवार्ड आफ्नो पोल्टामा पार्दा सुष्मा बस्नेतले सेकेन्ड रनर अप उपाधि जितिन्।

थर्ड रनर अप श्रेया ढुंगानाले उपाधि जित्दा फोर्थ रनर अपको उपाधि नीरा तामाङले हासिल गरिन्। नीराले इन्टिलेक्चुयल विधागत उपाधि समेत आफ्नो भागमा परेकी छिन्। विजेता सबैले उपाधिको साथमा मिना बजार र यचु हेयर ओयलबाट एक्सक्लुजिभ गिफ्ट प्राप्त गरे।

नेपाली समाजको गौरवमय परिचय भनेको साँस्कृतिक विविधतलाई फरक र विस्तारित दायरामा सम्बद्र्धन र प्रवद्र्धन गर्ने हेतुले गत वर्षदेखि आयोजना थालिएको यो साँस्कृतिक सौन्दर्य प्रतियोगिता हो।

‘फेसनलाई भन्दा मौलिकता र ग्ल्यामरलाई भन्दा शालीनता’ले प्रतियोगितामा प्राथमिकता पाएको आयोजक युजिशा इन्टरनेसनल इभेन्टस्का इभेन्ट म्यानेजर सानु खानले बताए।

अन्य भन्दा भिन्न तवरबाट आयोजना भएको प्रतियोगितामा ‘ट्यालेन्ट विधा’मा सुलोचना श्रेष्ठ जोशी विजेता बन्दा सुजाता खनाल फस्ट रनर अप तथा अनु फुँयाल सेकेन्ड रनर अप चयन भए। त्यस्तै पब्लिक च्वाइस फस्ट रनर अप अनिता संग्रौला भेटवाल बनेकी थिइन्।

अनिताले पर्सनालिटी विधाको अवार्ड हात पारिन्। भ्युअर च्वाइसतर्फ पंकज अधिकारी विजेता बन्दा शुभद्रा गौतमा फस्ट रनर अप बनिन्। म्यानेज्मेन्ट च्वाइस तर्फ रेखा यादव, फोटोजेनिकमा रिचा पराजुली, कन्जिनियालिटीमा लक्ष्मी झा, एलेगेन्समा अर्चना अमात्य, डिलिजेन्टमा तुलसा पन्त, डिसेन्टमा कल्पना श्रेष्ठ, एक्टिभमा समी पौडेल, इनोसेन्समा दुर्गा कुमारी रावल र इन्थिुजियास्टिकमा ललिता डंगोलले प्राप्त गरे।

फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफी तथा संचालन रहेको प्रतियोगितामा ‘मिस नेपाल २००५’ सुगरिका केसी, ‘मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०१९’ दुर्गा विसुराल, मिडियाकर्मी एवं समाचार प्रस्तोता मनोज जोशी, पर्यटन एवं एभिसियन क्षेत्रका संगीता रौनियार तथा खाल्डा एड इन्टरनेसनलका नेपाल प्रतिनिधि रिम्पल सिंह निर्णायकमा रहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?