डा. बाबुराम भट्टराईले यसरी हराए माओवादीलाई
सारांश
- काठमाडौं ।
- डा.
- बाबुराम भट्टराईको बहिर्गमनका कारण माओवादी केन्द्रले दुई दर्जनभन्दा बढी स्थानीय तह गुमाउनुपरेको छ ।
काठमाडौं । डा. बाबुराम भट्टराईको बहिर्गमनका कारण माओवादी केन्द्रले दुई दर्जनभन्दा बढी स्थानीय तह गुमाउनुपरेको छ । गोरखा, रसुवा, धादिङ, लमजुङ, सिन्धुली र पूर्वका केही पहाडी जिल्लामा नयाँ शक्तिकै उम्मेदवारीका कारण माओवादी पराजित हुन पुग्यो , अन्नपूर्ण पोस्टमा खबर छ ।
पहिलो चरण निर्वाचन भएका गोरखाका आठ, रसुवाका तीन, धादिङका दुई तथा लमजुङ र सिन्धुलीका एक एक तहमा बाबुराम भट्टराईको पार्टीका कारण हार्नुपरेको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ । त्यस्तै, दोस्रो चरणमा पनि मोरङ, धनकुटा, ताप्लेजुङलगायत पूर्वीपहाडी जिल्लाका १० भन्दा बढी स्थानीय तह नयाँशक्तिकै कारण गुमाउनुपरेको माओवादी नेताले बताएका छन् ।
‘बाबुरामजीको पार्टी त्याग र उहाँको पार्टीका कारण माओवादीले स्थानीय चुनावमा घाटा व्यहोरेको छ,’ माओवादी केन्द्रका नेता हितराज पाण्डेले भने, ‘बाबुरामजीले पार्टी नछाडेको भए गोरखा, रसुवालगायत जिल्लाका प्रायः स्थानमा हामी सजिलै जित्न सक्थ्यौं ।
प्रतिक्रिया