डोटीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १६ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
डोटीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १६ जना घाइते

सारांश

  • काठमाडौं, ८ बैशाख ।
  • डोटीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
  • शनिवार दिउँसोको उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् भने तीमध्ये केहीको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं, ८ बैशाख । डोटीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । शनिवार दिउँसोको उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् भने तीमध्ये केहीको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा शिखर नगरपालिका– ३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, सोही ठाउँकी ३२ वर्षीया कटी सार्की र १४ वर्षीय बालक सुरज भुलको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, उक्त दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

घाइतेलाई घटनास्थलबाट उद्धार गरी दिपायलस्थित शैलेश्वरी अस्पतालमा पुराइएको छ । त्यहाँ उपचार हुन नसकेका गम्भीर घाइते ३ जनालाई नेपालगञ्ज पठाइएको छ । धौली भुल, झाकरी भुल र कैलाश भुललाई नेपालगञ्ज रिफर गरिएको हो ।

क्षमताभन्दा बढी यात्रु रहेको र अप्ठेरो सडकका कारण दुर्घटना भएको बताइएको छ ।
दिपायलबाट जोरागाउँतर्फ हिँडेको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नम्बरको जीप शिखर नगरपालिका– ३ आलीगाउँमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?