तपाइँका छोराछोरी एकान्तमा बस्न रुचाउँछन्? यस्तो रहेछ कारण…
सारांश
- काठमाडौं – तपाईंका स्कुल–कलेज जाने उमेरका छोराछोरी एकान्तमा बस्न रुचाउँछन् ?
- उनीहरु फरक गतिविधि गर्न देखाउन थालेका छन्?
- यस्ता समस्या देखिन थालेका छन् भने समयमै ध्यान दिनुहोस्!
काठमाडौं – तपाईंका स्कुल–कलेज जाने उमेरका छोराछोरी एकान्तमा बस्न रुचाउँछन् ? उनीहरु फरक गतिविधि गर्न देखाउन थालेका छन्?
यस्ता समस्या देखिन थालेका छन् भने समयमै ध्यान दिनुहोस्! तपाईंका छोराछोरी डिपे्रसनमा पनि परिसकेका हुन सक्छन्। आजको नागरिक दैनिकमा खबर छ ।
स्कुल–कलेजका किशोरकिशोरीमा डिपे्रसन बढेपछि कतिपय उपचारमा पुगेका छन् भने कतिपय आत्महत्या प्रयास वा आफैंलाई हानि गर्ने क्रियाकलापमा लाग्ने गरेको पाइएको छ । त्यस्ता किशोरकिशोरी मनोवैज्ञानिक परामर्शकर्ताकहाँ पुगेका छन्। सिएमसी (मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र) ले विभिन्न तीन जिल्लामा दिइएको ‘एकद्वारा संकट प्रणाली सेवा कार्यक्रम’मार्फत ११ वर्षमाथि र १८ वर्षमुनिका उमेर समूहमा यस्तो समस्या बढी पाइएको हो।
एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजकी मनोविद् शर्मिला महर्जनले वर्षमा ३५ वटा गम्भीर डिपे्रसनका बिरामीलाई परामर्श दिँदै आएकी छन्। अर्की मनोविद् कुरुणा कुँवरसँग वर्षमा कम्तीमा १२ जना गम्भीर डिपे्रसनमा परेका किशोकिशोरी परामर्शका लागि पुगेका छन्। त्रिवि शिक्षण अस्पतालमा पुग्ने बिरामीमध्ये मासिक २ जना किशोरकिशोरी आत्महत्या प्रयासबाट बचेका हुने गरेका छन्।
नेपाल प्रहरीका अनुसार देशभर चालू आर्थिक वर्षमा एक सय ६२ जना बालबालिकाले आत्महत्या गरेका छन्। तीमध्ये ७१ बालिका र ६२ बालक छन्।
गत वर्ष ३ सय ४ जना बालबालिकाले आत्महत्या गरेको तथ्यांकमा देखन्छि। तीमध्ये १ सय ८५ बालिका र १ सय १९ बालक छन्। यो उमेर समूहभित्र १६ वर्षमुनिका किशोरकिशोरी पनि पर्छन्। १६ वर्षमाथिकाको आत्महत्या तथ्यांक अन्य समूहमै समावेश हुने गरेका कारण किशोरकिशोरीको आत्महत्याको संख्या थप हुन सक्ने प्रहरीको अनुमान छ।
प्रतिक्रिया