तराईका विद्यालयमा डिशहोमले बाँड्यो शैक्षिक सामाग्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
तराईका विद्यालयमा डिशहोमले बाँड्यो शैक्षिक सामाग्री

सारांश

  • काठमाडौं ।
  • गुणस्तरीय शिक्षाको लागि डिशहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ ।
  • कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरेको हो ।

काठमाडौं । गुणस्तरीय शिक्षाको लागि डिशहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ । कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरेको हो । नेपालको कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा क्रान्ति नै ल्याएको डिशहोमले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग पु¥याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले बताए ।

कार्यक्रम अन्तरगत रौतहट जिल्लाको गौरमा रहेका श्री अधारभुत विद्यालय बाल मन्दीरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरिएको छ ।

कार्यक्रम रौतहट जिल्लाको डिशहोमका अधिकृत विक्रेता सन्तोष केशरीको अध्यक्षता तथा ब्राण्ड म्यानेजर मनोज न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यसै योजना अन्तर्गत डिशहोमले बारा जिल्लाको महागढिमाई नगरपालिका स्थित, श्री गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको छ ।

शैक्षिक सामाग्री महागढिमाई नगरपालिकाका उप प्रमुख तारा देवि कामतको प्रमुख आतित्थ्यतामा २ नं. वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौरसिया, समाजसेवी, शिक्षक तथा स्थानियको सहभागितामा डिशहोमका वितरक बिक्की अग्रवालले वितरण गरे ।
यस्तै बाराकै सिम्रौन गढको श्री कँकाली उमाविका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री र चिसो वाट जोगिनका लागि न्यानो टोपि वितरण गरिएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहमान मिया अन्सारी लगाएत नागरिक समाजका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार र स्थानियको उपस्थितिमा सिम्रोन गढ नगरपालिकाका उप प्रमुख रिमा देवि कुशवाहाले शैक्षिक सामाग्री वितरण गरेका थिए ।
डिशहोमले यसै कार्यक्रम अन्तरगत पर्सा जिल्लाको पोखरिया स्थित श्री जिल्ला उचांगल रामदेव माविका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री वितरण गरेको छ ।
पोखरियाका नगर प्रमुख दिप नारायण रौनियारको उपस्थितिमा शिक्षक महासंघ पर्साका अध्यक्ष पर्वत ठाकुर, वडा नं. ४ पोखरीयाका वडा अध्यक्ष लक्ष्मण साहालगायत नागरिक समाजका अगुवा, समाजसेवी, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि र स्थानियको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

डिशहहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहहेको छ । डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ ।

यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस् भन्ने उद्धेश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ । नेपालका ग्रामिण भेग तथा तराईका अधिकांश जिल्लामा विद्यार्थीहरु स्कूलमा भर्ना हुने तर आवश्यक पाठ्य सामाग्री साथै प्रोत्साहनको अभावमा अध्ययनलाई निरन्तरता दिन नसक्ने समस्या विकराल रहेको छ ।

मधेस क्षेत्रमा त झनै विद्यालय नजाने र गइहाले पनि बिचैमा छाड्नेहरूको तथ्यांक निकै ठूलो छ । यस्तो अवस्थामा निजी क्षेत्रका कम्पनीहरूबाट पनि शिक्षा क्षेत्रमा आवश्यक प्रोत्साहन गर्दै सरकारी योजनालाई सहयोग पुगोस् भन्ने उदेश्यले डिशहोमले जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य पु¥याई रहको डिशहोमले पछिल्लो समय सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तिब्र रूपमा अगाडी बढाइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यदल ‘डाटा’ सहितको बैठक बस्दै एमाले-माओवादी
कार्यदल ‘डाटा’ सहितको बैठक बस्दै एमाले-माओवादी
Female suspect dead, several hurt in YouTube shooting ! apparently committed suicide !
Female suspect dead, several hurt in YouTube shooting ! apparently committed suicide !
इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण
इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण
अर्थमन्त्री डा महतले भनेः  खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
अर्थमन्त्री डा महतले भनेः खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
पीङ खेल्ने क्रममा झगडा हुँदा कुटपिट गरी हत्या
पीङ खेल्ने क्रममा झगडा हुँदा कुटपिट गरी हत्या
सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ : मन्त्री शर्मा
सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ : मन्त्री शर्मा
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग
शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग
रविन्द्र अधिकारीको आकस्मिक पत्रकार सम्मेलन : के राजीनामा देलान ?
रविन्द्र अधिकारीको आकस्मिक पत्रकार सम्मेलन : के राजीनामा देलान ?

तपाईंले छुटाउनुभयो कि?