ताप्लेजुङ, अछाम,डोटी,रोल्पा,दाङ,इलामको ताजा मत पारीणाम

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
२० पटक हेरिएको
Shares
ताप्लेजुङ, अछाम,डोटी,रोल्पा,दाङ,इलामको ताजा मत पारीणाम

सारांश

  • ताप्लेजुङः फुङलिङ–३ मा दाइलाई भाइले हराए  ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङको वडा नं.
  • ३ मा दाजुलाई हराउँदै भाइले चुनाव जितेका छन् ।
  • एकै घरका दाजुभाई दुई पार्टीबाट चुनाबी मैदानमा रहेकोमा ७ मतले भाईले बाजी मारेका हुन् ।
ताप्लेजुङः फुङलिङ–३ मा दाइलाई भाइले हराए

 ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङको वडा नं. ३ मा दाजुलाई हराउँदै भाइले चुनाव जितेका छन् । एकै घरका दाजुभाई दुई पार्टीबाट चुनाबी मैदानमा रहेकोमा ७ मतले भाईले बाजी मारेका हुन् ।

कांग्रेसबाट उठेका युवराज बरालले ३ सय ९३ मतका साथ निकटतम प्रतिद्धन्द्धि दाजु रामप्रसाद बराललाई हराउनुभयो । उहाँका दाजुले ३ सय ८६ मत पाउनुभयो । बरालका आमा मायादेवीले जुन छोराले जितेपनि बराबर नै भएको र आफू खुशी रहेको बताउनुभएको छ ।

अछाम – कमलबजार नगरपालिका कांग्रेस विजयी

 अछामको कमलबजार नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिका मेयरमा कांग्रेसका ओम प्रकाश विष्टले ३५८७ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक अधिकारीले तीन हजार २७७ मत ल्याउनुु भयो । उपमेयरमा पनि नेपाली कांग्रेसका भुुमिसरा बजगाई ढकाल तीन हजार ६७२ मत ल्याएर विजयी हुनु भएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मुना अधिकारीलाई ४३५ मत अन्तरले पराजित गर्नुभयो । अधिकारीले ३२३७ मत ल्याउनु भएको छ । कमलबजारका १० वडा मध्ये ७ मा नेपाली कांग्रेस र ३ मा एमाले विजयी भएको छ ।

डोटीको बड्डीकेदार गाउँपालिका प्रमुखमा कांग्रेसका चन्द विजयी

डोटीको बड्डीकेदार गाउँपालिकामा नेपाली कांग्रेसका कृष्णबहादुर चन्द विजयी हुनु भएको छ । उहाँले २ हजार ८१३ मत ल्याएर गाउँपालिको अध्यक्षमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भक्तबहादुर साउदले २ हजार २५१ मत प्राप्त गर्नु भयो ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी ईन्द्राकुमारी बोहराले २ हजार ६५६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी भुवन कुमारी बम (मल्ल)ले २ हजार ३२९ मत ल्याउनुभयो । यो सहित डोटीमा २ गाउँपालिकामा कांग्रेसले विजयी भएको छ भने माओवादी केन्द्रले एक गाउँपालिकामा जित हात पारेको छ । पछिल्लो मत परिणाम अनुसार डोटीमा नेकपा एमाले र कांग्रेस  ३÷३ ठाउँमा अगाडी छन् ।

रोल्पाः सुनछहरी र दुईखोली गाउँपालिकामा माओवादी केन्द्र विजयी

 रोल्पाको सुनछहरी र दुईखोली गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । दुईखोली गाउँपालिकामा माओवादी केन्द्रका निमकान्त डाँगी ४ हजार ६ सय ८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका झक्कुप्रसाद घर्तीले १ हजार ९ सय ८९ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै हितकुमारी बुढाले ४ हजार ६ सय ८ प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी डाँगीले १ हजार ८ सय ९९ मत प्राप्त गर्नुभयो ।

यस्तै रोल्पाको सुनछहरी गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । सुनछहरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका आशबहादुर पुन २ हजार ५ सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दुर्गे बुढाले १ हजार १ सय ३६ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै पबित्रा घर्तीले २ हजार ३ सय २० प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरु पुनले १ हजार १ सय ४१ मत प्राप्त गर्नुभयो । रोल्पाको थबाङ गाउँपालिकामा यसअघि नै माओवादी केन्द्र विजयी भइसकेको थियो ।

दाङको राजपुरमा कांग्रेसले जित्यो

 दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार लोकराज केसीले २ हजार ३ सय ९५ मतले जित्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामबहादुर झाँक्रीले एक हजार ८ सय ५९ र एमालेका कुलराज केसीले १७ सय ८१ मत प्राप्त गर्नुभयो ।  त्यस्तै उपाध्यक्षमा कांग्रेसकै धनपति यादव २२ सय ७३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पुष्पा यादवले १८ सय ४९ र एमालेका सिता यादवले १७ सय ५४ मत ल्याउनुभयो ।

इलामः सन्दकपुर गाउँपालिकामा एमाले विजयी

 इलामको सन्दकपुर गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका उदयबहादुर राई ४ हजार ५ सय २९ मत सहित विजयी हुन भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवेन्द्रकुमार सुवेदीले २ हजार ३ सय ५४ मत पाउनुभयो ।

यस्तै उपाध्यक्षमा पनि एमालेकी शोभा पराजुली ३ हजार ९ सय ३० मतसहित विजयी हुनु भएको छ । उहाँको प्रतिद्वन्द्वी सविता गुरुङले २ हजार १ सय ७२ मत पाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?