तीन थान ल्यापटपसहित दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • रुकुम, २१ जेठ ।
  • जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा आज दुई जनालाई पक्राउ गरेको छ ।
  • बाँफीकोट गाउँपालिका–६ मग्मा स्थायी घर भई हाल मुसीकोट नगरपालिका–१ मा पसल गर्दै आएका मदन खत्री र मुसीकोट–५ का कमल शर्मालाई पक्राउ गरिएको हो ।

रुकुम, २१ जेठ । जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा आज दुई जनालाई पक्राउ गरेको छ ।
बाँफीकोट गाउँपालिका–६ मग्मा स्थायी घर भई हाल मुसीकोट नगरपालिका–१ मा पसल गर्दै आएका मदन खत्री र मुसीकोट–५ का कमल शर्मालाई पक्राउ गरिएको हो । विशेष सुराकीका आधारमा खत्रीलाई उनकै पसलबाट र शर्मालाई घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो । उहाँका अनुसार रुकुम उद्योग वाणिज्य सङ्घबाट खत्री र मुसीकोट–५ सेरीगाउँको यमुनानन्द नमुना माविबाट शर्माले चोरी गरेका हुन् ।

उनीहरुका साथबाट ल्यापटप तीन थान, साउन्ड सिस्टम, युपिएस र झोला दुई दुई थान तथा प्रोजेक्टर र डेस्कटप कम्प्युटर एक एक थान नियन्त्रणमा लिइएको छ । उनीहरुविरुद्ध चोरी मुद्दा चलाइने रजालीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?