तीन वर्षमा लोडसेडिङ निमिट्यान्न हुन्छ : कुलमान
सारांश
- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट रोकथामलाई प्राथमिकतामा राखिएकाले लोड सेडिङ न्यूनिकरण अभियानले सार्थकता पाएको स्पष्ट पारेका छन् ।
- आज व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको बसेको बैठकमा घिसिङले देशलाई लोडसेडिङमुक्त बनाउने अभियानमा आफु अहोरात्र खटिएको बताए ।
- उनले नेपालमा हाल ३ सय मेघावाट विद्युत उत्पादन हुने गरेको भएपनि काली गण्डकी, मध्यमस्र्याङदी र चिलिमे जलविद्युत आयोजना जस्ता विद्युत आयोजनाहरुलाई पूर्ण क्षमतामा संचालन गरी विद्युत मागलाई सम्बोधन गर्ने काम भईरहेको पनि जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट रोकथामलाई प्राथमिकतामा राखिएकाले लोड सेडिङ न्यूनिकरण अभियानले सार्थकता पाएको स्पष्ट पारेका छन् ।
आज व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको बसेको बैठकमा घिसिङले देशलाई लोडसेडिङमुक्त बनाउने अभियानमा आफु अहोरात्र खटिएको बताए ।
उनले नेपालमा हाल ३ सय मेघावाट विद्युत उत्पादन हुने गरेको भएपनि काली गण्डकी, मध्यमस्र्याङदी र चिलिमे जलविद्युत आयोजना जस्ता विद्युत आयोजनाहरुलाई पूर्ण क्षमतामा संचालन गरी विद्युत मागलाई सम्बोधन गर्ने काम भईरहेको पनि जानकारी दिए । उनले तीन वर्ष भित्र देशभर लोडसेडिङमुक्त गराउने प्रतिवद्धता पनि जनाए ।
बैठकमा समितिका सदस्यहरुले विद्युत विकास दशकसम्बन्धि कार्ययोजना कार्यान्वयनमा ल्याउन सरकारले चासो नदिएको भन्दै आलोचना गरेका थिए ।
उनीहरुले जग्गा मुआब्जाको विषयलाई कारण देखाएर उर्जा मन्त्रालयले जलविद्युत उत्पादन गर्ने जनताको प्रतिवद्धतामा शंका गर्न नसुहाउने धारणा पनि राखेका थिए । उनीहरुले आगामी वर्ष उत्पादन हुने विद्युतको कार्ययोजना तयार गर्न पनि सरकारलाई सचेत गराएका थिए ।
समितिले विनियोजित बजेटलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजान पनि उर्जा मन्त्रालयलाई सचेत गराउँदै आएको छ ।
प्रतिक्रिया