तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिला पक्राउ !! आगलागीमा जलेर दुई बालबालिको मृत्यु…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २५, २०७३
|
|
२९४ पटक हेरिएको
Shares
तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिला पक्राउ !! आगलागीमा जलेर दुई बालबालिको मृत्यु…

सारांश

  •   आफ्नै तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिलालाई प्रहरीले आज पक्राउ गरेको छ ।
  • सप्तरीको पातो– ७ मा आफ्नै तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिलालाई प्रहरीले आज पक्राउ गरेको छ ।
  • पक्राउपर्नेमा स्थानीय २५ वर्षीया उर्मिलादेवी मण्डल रहेकी छिन् ।

 

आफ्नै तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिलालाई प्रहरीले आज पक्राउ गरेको छ ।

सप्तरीको पातो– ७ मा आफ्नै तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिलालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा स्थानीय २५ वर्षीया उर्मिलादेवी मण्डल रहेकी छिन् । धर्मदेव मण्डलका तीन वर्षीय छोरा रामअवतार मण्डलको हत्या उनकै काकी उर्मिलादेवी मण्डलले घरायसी विवादका कारण आक्रोशमा आएर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

साडीको कपडामा पोको पारी सेतो प्लास्टिकको बोरामा घर पछाडि रहेको मलघारीमा लुकाइएको अवस्थामा आइतबार साँझ उनको शव प्रहरीले फेला पारेको थियो ।

तीन दिनअघि मृतक रामअवतारका आमा र काकी उर्मिलादेवीबीच घरायसी वादविवाद भएको थियो र सो क्रममा उर्मिलाले मृतककी आमालाई तेरो छोरा मारिदिन्छु भनेर धम्की दिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो ।

पक्राउ परेकी महिलालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत राजविराजबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिनुभयो ।

 

गोठमा आगलागी हुँदा आज एकै परिवारका दुई जना बालबालिका जलेर मुत्यु

जिल्लाको अधिकारीचौर–३ घैयाखेत, बगाहस्थित गोठमा आगलागी हुँदा आज एकै परिवारका दुई जना बालबालिका जलेर मुत्यु भएको छ ।
मृत्यु हुनेमा सात वर्षीय यमलाल विक र तीन वर्षीया सम्झना विक रहेका छन् । चुल्होमा बलिरहेको आगो एक्कासी खरले छाएको गोठमा सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

अभिभावक नभएका बेला गोठभित्र बसिरहेका दुवै बालबालिका जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो ।

मृतकका आमा पारु विक बिहानै घाँस काट्न बारीमा गएका बेला उक्त घटना भएको जनाइएको छ । विकका श्रीमान् ओमबहादुर विक भने रोजगारीका लागि विदेशमा रहेका छन् ।

विक बालबच्चासहित अस्थायी रुपमा उक्त गोठमा बस्दै आउनुभएको थियो । घटना भएको ठाउँ नजिकै बस्ती नभएकाले बालबालिकाको समयमै उद्धार हुन नसकेको जनाइएको छ ।

मृतक दुवै बालबालिकाको शव परीक्षणका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?