तीन सातादेखि टेलिफोन अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
तीन सातादेखि टेलिफोन अवरुद्ध

सारांश

  • नुवाकोट, २८ चैत , नेपाल टेलिकमको तारमा क्षति हँुदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ ।
  • तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत पाइपलाइन विस्तारका क्रममा नेपाल टेलिकमको तारमा क्षति हँुदा विगत तीन सातादेखि सो क्षेत्रका फोन सेवा अवरुद्ध भएपछि उपभोक्ता समस्यामा परेका हुन् ।
  • गत चैत ३ गते पाइपलाइन विस्तार गर्ने क्रममा टेलिफोनको तारमा क्षति भएर अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालन हुन नसकेको टेलिकम नुवाकोट शाखाका प्रमुख श्यामकान्त चौधरीले जानकारी दिनुभयो ।

नुवाकोट, २८ चैत , नेपाल टेलिकमको तारमा क्षति हँुदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ ।

तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत पाइपलाइन विस्तारका क्रममा नेपाल टेलिकमको तारमा क्षति हँुदा विगत तीन सातादेखि सो क्षेत्रका फोन सेवा अवरुद्ध भएपछि उपभोक्ता समस्यामा परेका हुन् ।

गत चैत ३ गते पाइपलाइन विस्तार गर्ने क्रममा टेलिफोनको तारमा क्षति भएर अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालन हुन नसकेको टेलिकम नुवाकोट शाखाका प्रमुख श्यामकान्त चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खानेपानी विस्तारका लागि पाइप लाइन खन्ने क्रममा फोनको लाइनमा क्षति पुगेकाले मर्मत गरी सञ्चालनको प्रयास भइरहे पनि अझै एक साता लाग्ने अनुमान गरिएको छ ।

सञ्चारलाई अत्यावश्यक सेवा प्रवाहका रुपमा लिने गरिए पनि फोन अवरुद्ध भएको तीन साता भइसक्दासमेत सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका उपभोक्ता सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ ।

त्रिशूलीबाट कोलनी जाने सडक मार्गमा भूमिगत बिछ्याइएको टोलिफोन तारको करीब ६० मिटरमा क्षति पुगेको र तारको पाइपलाइनमा पानी छिरेर बाँकी आसापसमा समेत असर गरेकाले त्यसलाई परिवर्तन गरी सञ्चालन गर्न समय लागेको टेलिकम जिल्ला शाखाले जनाएको छ ।

“मर्मतका लागी क्षेत्रीय निर्देशनालय विकास शाखा, काठमाडाँैबाट प्राविधिक आउनुपर्ने भएकाले समय लागेको हो,” शाखा प्रमुख चौधरीले भन्नुभयो, “क्षतिको पहिचान र मूल्यांकन भइसकेकाले अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने गरी कामलाई तीव्र बनाउन लागिरहेका छौँ ।”

खानेपानीको पाइपलाइन विस्तारका क्रममा २८० थान ल्याण्डलाइन फोनसेवा र त्यसमार्फत सञ्चालन हँुदै आएको इन्टरनेट सेवा चैत ३ गतेदेखि पूर्णरुपमा अवरुद्ध बनेको छ ।

तारमा पुगेको क्षतिबाट जिल्ला अस्पताल त्रिशूलीको फोन सेवा बन्द हुँदा अस्पतालमा जाँच गराउन आउने तथा कुनै दुर्घटना भएर एम्बुलेन्स सेवा एवम् स्वास्थ्य परामर्शका लागि टेलिफोनमार्फत जानकारी लिनबाट बिरामी वञ्चित भएका छन् ।

फोन सेवा अवरुद्ध हँुदा जिल्ला अस्पतालसहित त्रिशूली सामुदायिक अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला खेलकुद विकास समिति, माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना लगायतका सरकारी कार्यालय एवम् उद्योगी, व्यापारी तथा निजी निवासमा जोडिएका टेलिफोन सेवा पनि बन्द भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीपविरुद्धको मुद्दामा सरकारी वकिलको बहस सुरु
सन्दीपविरुद्धको मुद्दामा सरकारी वकिलको बहस सुरु
सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए
सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए
बर्षेनि सरकारकाे ७५ लाख बजेट स्वाहा पार्ने यो पुल !
बर्षेनि सरकारकाे ७५ लाख बजेट स्वाहा पार्ने यो पुल !
उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…
उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !
विराटनगरमा  ऐतिहासिक राधाकृष्ण रथयात्राको सुरक्षामा ड्रोन समेत प्रयोगमा
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्राको सुरक्षामा ड्रोन समेत प्रयोगमा
दुषित पानीका कारण गाउँका सबै झाडापखालाबाट बिरामी
डलरको मुल्य आज कति ?
डलरको मुल्य आज कति ?
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?