तुलसीपुर उपमहानगरपालिकाले आर्थिक विकास सम्मेलन गर्दै
सारांश
- दाङ, १५ पुस ।
- तुलसीपुर उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासका सम्भावना खोज्नका लागि आज वृहत आर्थिक विकास सम्मेलन गर्न लागेको छ ।
- विभिन्न क्षेत्रमा रहेका आर्थिक सम्भावना खोजेर तुलसीपुरको आर्थिक अवस्थालाई बलियो बनाउनका लागि सम्मेलनको आयोजना गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
दाङ, १५ पुस । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासका सम्भावना खोज्नका लागि आज वृहत आर्थिक विकास सम्मेलन गर्न लागेको छ । विभिन्न क्षेत्रमा रहेका आर्थिक सम्भावना खोजेर तुलसीपुरको आर्थिक अवस्थालाई बलियो बनाउनका लागि सम्मेलनको आयोजना गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
नेपालभरका स्थानीय तहमा पहिलो पटक आयोजना गर्न लागिएको सम्मेलनको मुख्यमन्त्री शंकर पोख्रेल मुख्य वक्ताका रुपमा रहने छन् । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारी, प्रदेश नम्वर ५ योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, विज्ञ बाबुराम रानाभाट लगायतले आर्थिक विकासका सम्भावनाबारे विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया